Nepal Life

घरजग्गा कारोबारमा मन्दी कायमै, सरकारले पाउने राजश्व १४ प्रतिशतले घट्यो

National Life
  • BFIS News
  • 2025 Feb Sun 11:13
घरजग्गा कारोबारमा मन्दी कायमै, सरकारले पाउने राजश्व १४ प्रतिशतले घट्यो
RBB

काठमाडौँ, फागुन ४ गते । घरजग्गाको कारोबारबाट प्राप्त हुने राजस्व १४ प्रतिशतले वृद्धि भएको छ । वृद्धि भएसँगै झन्डै चार अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ तर कारोबार सङ्ख्या भने घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा (साउन–माघ) तीन अर्ब ८७ करोड २५ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । गत आवको सो अवधिमा तीन अर्ब ३७ करोड ५७ लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो । 

NIMB

विभागका अनुसार चालु आवको माघसम्म दुई लाख ७८ हजार २७८ रुपियाँ लिखत पारित भएका छन् । गत वर्ष सो अवधिमा दुई लाख ७८ हजार  ९२५ रुपियाँ   लिखत पारित भएका थिए । 

यस्तै माघ महिनामा मात्र ४६ हजार ६९ रुपियाँ मात्रै लिखत पारित भएका छन् । गत आवको माघमा ५० हजार ९२१ रुपियाँ लिखत पारित भएको तथ्याङ्क छ । घरजग्गाको कारोबारमा हुने लिखत पारित भने कमी आएको तथ्याङ्कले देखाएको छ । 

सात महिनामा सबैभन्दा धेरै घरजग्गाको कारोबारबाट राजस्व सङ्कलन ललितपुरको लगनखेल मालपोत कार्यालयले गरेको  छ । सो कार्यालयबाट माघमा ३३ करोड ७४ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । यस्तै काठमाडौँको डिल्ली बजार मालपोत कार्यालयबाट २६ करोड ९२ लाख, कलङ्की मालपोतबाट २६ करोड एक लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । 

यस्तै भक्तपुर मालपोत कार्यालयबाट २४ करोड ४२ लाख, काठमाडौँको चाबहिल मालपोत कार्यालयबाट २० करोड ८० लाख, कास्की मालपोत कार्यालयबाट १४ करोड ७६ लाख, चितवन मालपोत कार्यालयबाट १३ करोड ६० लाख रुपियाँ राजस्व सङ्कलन भएको तथ्याङ्क छ । 

माघमा भूमि सुधार तथा मालपोत कार्यालय इनरुवाबाट सबैभन्दा धेरै एक हजार ७०४ रुपियाँ लिखत पारित भएका छन् । त्यस्तै भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापाबाट एक हजार ५७० रुपियाँ लिखत पारित हुँदा भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषाबाट एक हजार ५०३ रुपियाँ लिखत पारित भएका छन् । 

त्यस्तै मालपोत कार्यालय बेलबारी, मोरङबाट एक हजार ५०१, भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरीबाट एक हजार २१८, भूमिसुधार तथा मालपोत कार्यालय सिराहाबाट एक हजार २८ रुपियाँ लिखन पारित भएको तथ्याङ्क छ । सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकरलगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ । तीमध्ये सबैभन्दा बढी रजिस्ट्रेसन दर्ता दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया