Nepal Life

अभिकर्ताको अस्तित्व मेटाउने नियमावलीको विरुद्धमा विद्रोह गर्छौ : अध्यक्ष केदारनाथ अधिकारी

National Life
  • BFIS News
  • 2025 Feb Sun 11:50
अभिकर्ताको अस्तित्व मेटाउने नियमावलीको विरुद्धमा विद्रोह गर्छौ : अध्यक्ष केदारनाथ अधिकारी
RBB

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जारी गरेको बीमा नियमावलीमा अभिकर्ताकै अस्तित्व मेटाउने गरि व्यवस्था गरिएको भन्दै पेशागत बीमा अभिकर्ता संघ विद्रोहमा उत्रिने भएको छ । पहिलो चरणमा नेपाल बीमा प्राधिकरण सँग छलफल गर्ने र वार्ता नमिलेमा विद्रोह तथा आन्दोलन गर्ने पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष केदारनाथ अधिकारीले बताए ।

NIMB

उनले भने 'हामीले भने अनुरुप नियमावलीमा संशोधन गर्ने हो भने हामी पर्ख र हेरको अवस्थामा रहनेछौ  हैन भने हामी विद्रोह गर्छौ, आन्दोलन गर्छौ । नियमावलीको विरुद्धमा सडकमा नआउनुको विकल्प नै छैन ।'

अहिले पारित भएको नियमावलीका मौजुदा व्यवस्थामा रहेर काम गर्न नसकिने अध्यक्ष अधिकारीले बताए । बीमा प्राधिकरणले संसारमै नभएको अभ्यास अवलम्बन गर्न खोजेको उनले आरोप लगाए । उनले भने 'बीमा उद्योग तथा बीमा प्राधिकरण परिपक्व भयो भन्ने हामीलाई लागेको थियो । तर नियमावलीमा आएका व्यवस्थालाई हेर्दा हामीले सोचे अनुरुपको परिपक्व हुन अझै बाँकी रहेछ ।'

बीमा प्रणालीले एजेन्सी सिस्टमलाई आत्मसाथ गरिसकेको अवस्थामा बीमा नियमावलीमा रहेको व्यवस्था प्रति अभिकर्ता संघले घोर आपत्ती व्यक्त गरेको छ । यहि व्यवस्थामा रहेर काम गर्न नसक्ने भन्दै संघले बीमा प्राधिकरणलाई तत्काल नियमावलीमा रहेका यि व्यवस्था तत्काल संशोधन गर्न अनुरोध गर्ने र नमानेमा आन्दोलनको विकल्प रोज्ने भएको हो ।

दफा ४४ चारमा बीमा अभिकर्ता विनानै बीमा गर्न सकिने व्यवस्थाले अभिकर्ताको अस्तित्वमै प्रश्न उठेको उनले बताए । नियमावलीको मस्यौदा तयार पार्दा पहिलो दोस्रो चरणमा यो व्यवस्था नै थिएन तर पछि एकाएक छिराएर अभिकर्ताको अस्तित्व मेटाउन खोजिएको उनले बताए । तत्कालिन बीमा प्राधिकरणका अध्यक्षले यो व्यवस्थालाई जवरजस्ती घुसाएको उनले आरोप लगाए । उनले भने 'हामीले ४० औं वर्षदेखि यहि पेशा व्यवसाय भनेर रगत पसिना बगायौ अहिले एकाएक अभिकर्ता विनानै बीमा गराउन खोजिनु कदापी मान्य हुने विषय होइन ।'

उनले थपे,  अर्को तर्फ बीमा अभिकर्ताको प्रथम दायित्व भनेको बीमा गराउने हो । साथै बीमा गराएकालाई समयमा बीमा शुल्क बुझाउन फलोअप गराउने हो तर नविकरण जवरजस्ती नविकरण बीमा शुल्क तिराउने काम अभिकर्ताको होइन । यसमा पनि हाम्रो आपत्ती छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया