Nepal Life

जीआई सोलरले आइपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा दियो निवेदन, लो क्यापको अर्को कम्पनी थपिदै

National Life
  • BFIS News
  • 2025 Feb Sun 21:42
जीआई सोलरले आइपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा दियो निवेदन, लो क्यापको अर्को कम्पनी थपिदै
RBB

काठमाडौं । जीआई सोलर लिमिटेडले नेपाल धितोपत्र बोर्डमा आइपीओ बिक्रीका लागि अनुमति मागेको छ । यस कम्पनीले १०० रुपैयाँ अंकित दरमा १३ लाख ६३ हजार ३६० कित्ता सेयर आइपीओ बिक्री गर्न अनुमति मागेको हो । यो आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धककमा आरबीबी मर्चेन्ट लिमिटेड नियुक्त भएको छ । 

NIMB

जी.आई. सोलार लिमिटेडको चुक्ता पूँजी २५ करोड ७० लाख रुपैयाँ रहेको छ, जसमा प्रमुख सेयरधनीहरूमा ईश्वरी ढुंगाना (८०%), गलव बहादुर ढुंगाना (करिब १४%) र नवराज घिमिरे (६%) रहेका छन्।

कम्पनीले मोरङ जिल्लामा ६.८ मेगावाट क्षमताको सोलार परियोजना रहेको छ । यो जुन २०२३ अप्रिल १४ मा सञ्चालनमा आएको थियो । यो सोलार परियोजना निर्माण गर्न करिब ६४ करोड ७० लाख लागेको कम्पनीले जनाएको छ । यस आधारमा प्रति मेगावाट लागत ९ करोड ५० रुपैयाँ पर्न जान्छ । जसमा ८०% ऋण लगानीमार्फत वित्तीय व्यवस्था गरिएको छ ।

यो परियोजनाले विद्युत् खरिद सम्झौता (PPA) अन्तर्गत २२% क्षमता उपयोग दर कायम गरेको छ। परियोजनाले आ.व. २०२३ को पहिलो ३ महिनामा लगभग ९१% र आ.व. २०२४ को ११ महिनामा करिब ७८% सम्झौता अनुरूपको ऊर्जा उत्पादन गरेको छ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार