Nepal Life

वित्तीय पहुँचमा महत्वपूर्ण उपलब्धि, ७५३ वटै स्थानीय तहमा पुग्यो बैंकको शाखा सञ्जाल, नेपालभर बैंक वित्तीय संस्थाको शाखा सञ्जाल ११,५४५

NMB Bank
  • BFIS News
  • 2025 Feb 18 09:59
वित्तीय पहुँचमा महत्वपूर्ण उपलब्धि, ७५३ वटै स्थानीय तहमा पुग्यो बैंकको शाखा सञ्जाल, नेपालभर बैंक वित्तीय संस्थाको शाखा सञ्जाल ११,५४५
National Life

काठमाडौं । नेपाल राष्ट्र बैंकको सम्पुर्ण स्थानीय तहमा बैंक वित्तीय संस्थाको शाखा सञ्जाल पुर्याउने योजना बल्ला पुरा भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सम्पुर्ण स्थानीय तहमा शाखा सञ्जाल विस्तार गर्ने उद्देश्य राखेको थियो । यसै क्रममा राष्ट्र बैंकले दुर्गम क्षेत्रका स्थानीय तहमा बाणिज्य बैंकलाई तोकेरै शाखा खोल्न निर्देशन दिदै आएकोमा बल्ल पुरा भएको छ । 

Shikhar
NIMB

देशमा वित्तीय पहुँच अभिवृद्धि गर्दै सुदृढ, समावेशी र दिगो बैकिङ प्रणाली निर्माण गर्ने नेपाल राष्ट्र बैंकको पहलस्वरूप मिति २०८१ माघ २८ गते बझाङ जिल्लाको साइपाल गाउँपालिकामा एभरेष्ट बैंक लिमिटेडको शाखा विस्तार भएसँगै अब देशका ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको हो ।

२०८१ पुस मसान्तसम्ममा नेपालमा वाणिज्य बैंकहरूको शाखा संख्या ५,०७८ पुगेको छ भने विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थासमेत गरी बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११,५४५ पुगेको छ। यसका आधारमा बैंक तथा वित्तीय संस्थाको प्रत्येक शाखाले औसतमा २,५२६ जनसंख्यालाई सेवा प्रदान गरिरहेको छ।

यस बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखाहरूमार्फत बचत र कर्जाको कारोबारका साथै डिजिटल बैंकिङ जस्ता आधुनिक उपकरणमार्फत बैंकिङ सेवा प्रवाह भइरहेको छ। नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थामार्फत सुरक्षित बैंकिङ कारोबार गर्न समेत आह्वान गरेको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया