Nepal Life

सुपारी, केराउ र मरीचको आयात खुला, परिमाणात्मक बन्देज हट्यो

National Life
  • BFIS News
  • 2025 Feb Wed 06:59
सुपारी, केराउ र मरीचको आयात खुला, परिमाणात्मक बन्देज हट्यो
RBB

काठमाडौँ, फागुन ७ गते । सरकारले सुपारी, केराउ र मरीचको परिमाणात्मक बन्देज हटाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर आयातको अनुमति दिएको हो । आर्थिक वर्ष २०८१/८२ मा औद्योगिक प्रयोजनका लागि केराउ, सुपारी र सेतो तथा कालो मरीच आयातमा लगाइएको प्रतिबन्ध हटाइएको मन्त्रालयले जनाएको छ ।

NIMB

सुपारी, केराउ, मरीच र छोकडाको तस्करी बढेपछि सरकारले २०७६ चैत २४ गते वस्तु पैठारीमा बन्देज लगाएको थियो । व्यवसायीको मागका आधारमा आयातमा लगाइएको बन्देज हटाइएको हो । 

उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि मात्र कच्चा पदार्थका रूपमा केराउ, सुपारी र मरीच आयातका लागि अनुमति दिइएको हो । उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको परिमाण यकिन गरी केराउ, सुपारी र मरीच आयातका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ । 

कोभिड–१९ महामारी बढेका बेला विदेशी विनिमय सञ्चिति बढाउन भन्दै तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आयातमा बन्देज लगाउनुभएको थियो । अर्थतन्त्र चलायमान हुन थालेपछि २०७७ चैत ९ मा राजपत्रमा सूचना प्रकाशन गरेर पूर्ण बन्देज हटाएर परिमाणात्मक बन्देज लगाइएको थियो ।  त्यसपछि ‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरीच पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि २०७८’ बनाएर आयात अनुमति दिइएको थियो ।   

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार