Nepal Life

डिजिटल भुक्तानी र साइबर प्रतिरोधात्मक क्षमता वृद्धि सम्बन्धी क्षेत्रीय तालिम सम्पन्न, साइबर सुरक्षालाई मजबुत बनाउन सुझाव

NMB Bank
  • BFIS News
  • 2025 Feb 19 18:50
डिजिटल भुक्तानी र साइबर प्रतिरोधात्मक क्षमता वृद्धि सम्बन्धी क्षेत्रीय तालिम सम्पन्न, साइबर सुरक्षालाई मजबुत बनाउन सुझाव
National Life

काठमाडौं, फागुन ७ गते । नेपाल राष्ट्र बैंक र एलायन्स फर फाइनान्सियल इन्क्लूजन (एएफआई) को सहकार्यमा आयोजित छैठौं दक्षिण एसियाली क्षेत्रीय वित्तीय समावेशीकरण पहल (SARFII) बैठक तथा 'डिजिटल भुक्तानी र साइबर प्रतिरोधात्मक क्षमता वृद्धि' सम्बन्धी क्षेत्रीय तालिम आज काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ ।

Shikhar
NIMB

फेब्रुअरी १७ देखि १९ सम्म चलेको यो तालिममा दक्षिण एसियाली क्षेत्रका वित्तीय क्षेत्रका नेतृत्वकर्ता तथा विज्ञहरूको सहभागिता रहेको थियो। तालिमको उद्घाटन तथा स्वागत मन्तव्य नेपाल राष्ट्र बैंकका सह-प्रवक्ता डा. डिल्लीराम पोख्रेलले स्वागत मन्तव्य दिएका थिए ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक किरण पण्डितले कार्यक्रमको सञ्चालन गर्दै डिजिटल वित्तीय प्रणालीमा साइबर सुरक्षालाई सुदृढ पार्न आवश्यक नीति, प्रविधि, तथा अन्तरदेशीय सहकार्यबारे गहन छलफल गराएका थिए।

कार्यक्रमका प्रमुख वक्ताहरूमा जीएसएमएका मोबाइल मनी नियामक विशेषज्ञ तरुणप्रीत सिंह, भारतीय रिजर्व बैंक (आरबीआई) का सहायक महाप्रबन्धक प्रसाद डाग्ले, र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधान रहेका थिए। उनीहरूले डिजिटल भुक्तानी प्रणालीमा देखा पर्ने साइबर खतराहरू, नियामक नीतिहरूको महत्त्व, प्रविधिगत विकास तथा क्षेत्रीय सहकार्यको आवश्यकताबारे विशेष जोड दिए।

SARFII प्रतिनिधिहरुको बैठक तथा तालिम सत्रहरूमा डिजिटल कारोबारको निरन्तर वृद्धिलाई ध्यानमा राख्दै साइबर सुरक्षाका लागि मजबुत उपायहरू आवश्यक रहेको निष्कर्ष निकालिएको छा। कार्यक्रममा साइबर आक्रमणबाट वित्तीय प्रणालीलाई जोगाउन क्षेत्रीय स्तरमा सहकार्य बढाउनु पर्नेमा जोड दिइएको थियो ।

नेपाल राष्ट्र बैंक र एएफआईले नेपालमा क्षेत्रीय वित्तीय नेतृत्वकर्ताहरूलाई आतिथ्य गर्न पाउँदा खुशी व्यक्त गरे । हिमाल, मठमन्दिर तथा समृद्ध सांस्कृतिक सम्पदाले भरिएको नेपालमा सम्पन्न यस कार्यक्रममा सहभागीहरूले नेपाल राष्ट्र बैंकको सौहार्दपूर्ण आतिथ्यको प्रशंसा गर्दै वित्तीय समावेशिता तथा डिजिटल सुरक्षा प्रवर्द्धनमा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया