Nepal Life

उर्जा उद्यमी सुदीपकुमार चौधरीको सफलताको कथा: 'मेरो उन्नतिमा सधै सम्झिने नाम भनेकै सिद्धार्थ बैंक हो'

National Life
  • BFIS News
  • 2025 Feb Thu 05:27
उर्जा उद्यमी सुदीपकुमार चौधरीको सफलताको कथा: 'मेरो उन्नतिमा सधै सम्झिने नाम भनेकै सिद्धार्थ बैंक हो'
RBB

काठमाडौं, फागुन ८ । सुदीपकुमार चौधरी, जलविद्युत् क्षेत्रमा आफ्नो पहिचान बनाउने एक साहसी व्यक्तित्व हुन् । वि.सं. २०६० मा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेपछि उनको व्यावसायिक यात्रा सुरु भयो । अध्ययन पूरा भएसँगै उनले मिनि हाईड्रोपावर प्रोजेक्ट (३२०० किलोवाट) मा आयोजना प्रमुखको जिम्मेवारी पाए । त्यहाँ काम गर्दाको अनुभवले उनलाई जलविद्युत् क्षेत्रमा भविष्य खोज्ने प्रेरणा दियो ।

NIMB

देशभरि १०–१२ घण्टाको लोडसेडिङ भइरहेको तत्कालीन समयमा चौधरीले आफ्नो ज्ञान र सीपलाई देशकै ऊर्जा क्षेत्रमा उपयोग गर्ने दृढ निश्चय गरे । जलविद्युत् क्षेत्रको सुरुवात सहज भने थिएन । भौगोलिक कठिनाइ, प्राविधिक जनशक्तिको अभाव र प्राकृतिक प्रकोपहरूले चुनौती थप्थे । आयोजनास्थलमा सामग्री पुर्याउन समस्या हुन्थ्यो भने मौसमले पनि कामलाई थप कठिन बनाउँथ्यो । यसका साथै, आर्थिक चुनौती पनि उस्तै गम्भीर थिए । निर्माणका लागि ठूलो लगानी आवश्यक थियो, तर लगानी जुटाउन कठिन ।

तर, चौधरीले यी सबै समस्यालाई अवसरमा बदल्ने प्रण गरे । स्थानीय बासिन्दासँग सहकार्य गरी रोजगार सिर्जना गरे । दक्ष जनशक्ति भेला पारी परामर्शदाताहरूको सहयोगमा आयोजना अघि बढाए । वित्तीय समस्या समाधानका लागि साझेदारी मोडेल अपनाए र बैंकहरूसँग सहकार्य गरे ।

आजको दिनसम्म आइपुग्दा चौधरीले १६.२६ मेगावाटको लिपिङ खोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् । त्यस्तै, २४ मेगावाटको सुपर सेती र १२८ मेगावाटको तमोर मेवा आयोजनामा पनि उनकै नेतृत्व तहमै बसेर अगाडि बढिरहेका छन् ।

किन यसरी यही क्षेत्रमा लागिपरिरहेका छन् त उनी ? उनको स्पष्ट जवाफ छ, ‘जलविद्युत्ले देशको आर्थिक विकासमा ठूलो योगदान दिन सक्छ । त्यसैले यही क्षेत्रमा केही गर्नुपर्छ भनेर लागिपरेको छु ।’

चौधरीले प्राविधिक, आर्थिक, सामाजिक र प्रशासनिक समस्याहरू समाधान गर्न विभिन्न उपायहरू खोजे । प्राविधिक समाधानका लागि उनले विज्ञ टोलीको परामर्शमा आयोजना योजना बनाउने र निर्माण कार्य अघि बढाउने नीति अपनाए । आर्थिक चुनौतीलाई पार गर्न उनले साझेदारी मोडेलको प्रयोग गरे र निजीक्षेत्र तथा बैंकहरूसँग सहकार्य गरी वित्तीय स्रोत जुटाए । सामाजिक समाधानका रूपमा उनले स्थानीय समुदायलाई रोजगार प्रदान गर्ने, सामाजिक परियोजनाहरू सञ्चालन गर्ने र समुदायसँग प्रत्यक्ष संवाद कायम गरेर समस्याको समाधान गरे । प्रशासनिक समाधानको रूपमा उनले सरकारी निकायहरूसँग समयमै समन्वय गरेर स्वीकृति प्रक्रियालाई छिटो बनाउन प्रयास गरे । यी सबै प्रयासहरूल चौधरीलाई व्यावसायिक यात्रामा सफलता प्राप्त गर्न मद्दत पुर्यायो ।

आफ्नो व्यावसायिक यात्रामा सिद्धार्थ बैंकको पनि महत्वपूर्ण भूमिका रहेको चौधरी सहर्ष स्वीकार्छन् । सिद्धार्थ बैंकले समयमै कर्जा, क्रेडिट लाइन र अन्य वित्तीय सेवाहरू प्रदान गरेर आयोजना सञ्चालनमा सहयोग गरेको उनी भुल्न चाहँदैनन् । सिद्धार्थ बैंकसँगको साझेदारीले आयोजना निर्माणको वित्तीय पक्षलाई मजबुत बनाएको छ । चौधरीको मुख्य लक्ष्य २०८१ सालभित्र लिपिङ खोला जलविद्युत् आयोजना सम्पन्न गर्नु हो । त्यसपछि, सुपर सेती र तमोर मेवा आयोजनालाई निर्माण चरणमा पुर्याउने उनको मुख्य लक्ष्य छ । साथै, उनले सौर्य ऊर्जा उत्पादन र केबुलकारजस्ता अन्य परियोजनाहरूमा पनि काम गर्ने योजना बनाएका छन् ।

तर, यसरी आफ्नो उन्नतिमा चौधरीले सधैँ सम्झने नाम भनेको सिद्धार्थ बैंक हो । उनका अनुसार सिद्धार्थ बैंकसँगको साझेदारी व्यवसायको वृद्धि र विकासका लागि महत्वपूर्ण छ । यस बैंकले समयमै वित्तीय सहयोग र दीर्घकालीन साझेदारी प्रदान गर्दै व्यवसायलाई अगाडि बढाउन मद्दत गरेको छ, जसले व्यवसायमा विश्वास र स्थिरता ल्याएको उनले सुनाए ।

बैंकको सेवाले पुँजी व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको छ । अहिले सिद्धार्थ बैंकबाट विभिन्न वित्तीय सेवाहरू प्राप्त गर्दै आयोजना निर्माणमा सहयोग मिलेको छ, जसले व्यवसायलाई आर्थिक र प्राविधिक रूपमा मजबुत बनाएको अनुभव उनले सुनाए ।

सिद्धार्थ बैंकसँगको सम्बन्ध भविष्यमा व्यवसायको सफलतामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनको छ । बैंकसँगको सहकार्यले व्यवसायको विस्तार र नयाँ योजनाहरूको कार्यान्वयनमा मद्दत पुर्याउने उनले सोचेका छन् । कारण, व्यवसायको विस्तारका क्रममा वित्तीय व्यवस्थापनका लागि कर्जाको स्वाभाविक आवश्यकता पर्छ । र, सिद्धार्थ बैंकले समयमै वित्तीय सहयोग र आवश्यक सेवाहरू प्रदान गरेर आयोजनाहरूलाई समयमै निर्माण सम्पन्न गर्न मद्दत गर्यो ।

त्यसैले व्यवसाय र बैंकबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै भविष्यमा पनि अरु धेरै आयोजना अगाडि बढाउन सिद्धार्थ बैंकबाट वित्तीय मद्दत पुग्नेमा चौधरी विश्वस्त छन् ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार