Nepal Life

बैंक वित्तीय संस्थाका कर्मचारीले ट्रेड युनियन खोल्न नपाउने, श्रम ऐन अन्तर्गत नपर्ने

National Life
  • BFIS News
  • 2025 Feb Thu 14:52
बैंक वित्तीय संस्थाका कर्मचारीले ट्रेड युनियन खोल्न नपाउने, श्रम ऐन अन्तर्गत नपर्ने
RBB

काठमाडौं, फागुन ८ गते । सर्वोच्चको फैसलाले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुले श्रम ऐनको अधिकार नपाउने स्पष्ट पारेको छ । बैंक तथा वित्तीय संस्थालाई श्रम ऐन नलाग्ने क्षेत्रको रुपमा व्याख्या गरिएपछि कर्मचारीहरुले ट्रेड युनियन गठन गर्ने अधिकार समेत गुमाएका छन् । 

NIMB

श्रम ऐन अन्तर्गत ट्रेड युनियन दर्ता हुनुपर्ने भएकाले अब बैंक क्षेत्रमा युनियन स्थापित हुन नसक्ने सर्वोच्चको फैसलामा उल्लेख छ । गत शुक्रबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको बृहत् पूर्ण इजलासले बैंक तथा वित्तीय संस्थामा श्रम ऐन लागू नहुने ठहर गर्दै यस्तो निर्णय सुनाएको हो । न्यायाधीश टेकप्रसाद ढुंगानाले भने फरक मत राखेका छन् ।

स्वाबलम्बन विकास बैंकका कर्मचारीहरुले श्रम ऐनअनुसार सेवा सुविधा नपाएको भन्दै श्रम अदालतमा मुद्दा दायर गरेका थिए । यही मुद्दा ’बृहत् पूर्ण इजलास’मा पुगेको थियो । बैंक तथा वित्तीय संस्थाहरु विशेष ऐनद्वारा संचालित भएको हुँदा त्यसमा श्रम ऐनले नछुने सर्वाेच्चको व्याख्या रहेको छ । बैंक–वित्तीय संस्था विशेष ऐनबाट सञ्चालित हुन्छन् । जसलाई केन्द्रीय बैंकले नियमन गरेको हुन्छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत यी कम्पनीहरु सञ्चालित छन् ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार