Nepal Life

नविल सेक्युरिटिजको नाम परिवर्तन, ‘नविल स्टक डिलर’ कायम गर्ने

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Thu 14:52
नविल सेक्युरिटिजको नाम परिवर्तन, ‘नविल स्टक डिलर’ कायम गर्ने
Sanima Reliance

काठमाडौं । नविल सेक्युरिटिजनले नाम परिवर्तन गर्ने भएको छ । नविल सेक्युरिटिजले नाम परिवर्तन गरि ‘नबिल स्टक डिलर लिमिटेड’ कायम गर्ने भएको हो ।

NIMB

सेक्युरिटिजको सञ्चालक समितिले नाम परिवर्तनको विशेष प्रस्ताव सहित आगामी असोज १२ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभाले नाम परिवर्तन गर्ने प्रस्ताव पारित गर्नुका साथै प्रवन्धपत्र र नियमावली संशोधनको अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष२०७९/८० को लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै वित्तीय विवरण पनि पारित गर्नेछ । नेपाल धितोपत्र बोर्डबाट फुलफ्लेजको ब्रोकरेज सेवा प्रदान गर्ने लाइसेन्स पाएको नविल सेक्युरिटिजले आफ्नो व्यवसाय शुभारम्भ गरिसकेको छ ।

हालसम्म नागरिक स्टक डिलर मात्रै रहेकोमा अवदेखि नविल स्टक डिलरले पनि काम गर्नेछ । नविल पूँजी बजार सम्बन्धी सम्पुर्ण कार्य गर्ने एक मात्रै संस्था हो । जसको चुक्ता पूँजी मात्रै एक अर्ब ५० करोड रुपैयाँ रहेको छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया