Nepal Life

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्र बैंक

National Life
  • BFIS News
  • 2025 Feb Sun 14:27
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्र बैंक
RBB

काठमाडौं । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ । आर्थिक अनुसन्धान विभागले मौद्रिक नीति अर्धवार्षिक समीक्षाको मस्यौदा तयार पारिसकेको छ । अव राष्ट्र बैंकको सञ्चालक समितिले स्वीकृत गरे पछि मात्रै राष्ट्र बैंकले सार्वजनिक गर्नेछ । 

NIMB

नेपाल राष्ट्र बैंक मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को व्यवस्थाअनुसार मौद्रिक नीतिको त्रैमासिक र अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ४५ दिनसम्म सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ । जसअनुसार चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा फागुन १५ गतेभित्र ल्याइसक्नुपर्नेछ ।

राष्ट्र बैंक यस भन्दा अगाडी नै लिन मिल्नेसम्मको लचकता अपनाइसकिएको भन्दै समिक्षा मार्फत खासै ठूलो परिवर्तन गर्ने पक्षमा छैन । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ । ब्याजदर निकै न्यून बिन्दुमा आएको छ । सोहीअनुसार नीतिगत दरहरु पनि केन्द्रीय बैंकले घटाएको छ । यो समिक्षा गभर्नर महाप्रसाद अधिकारीको अन्तिम समिक्षा हुनेछ । यसले गर्दा अधिकारीले केहि चलकता अपनाउलान् कि भन्ने विश्लेषण पनि गरिएको छ । यद्यपी जादा जादै उनि कुनै पनि नीतिगत परिवर्तन गरेर बाहिरिने योजनामा नभएको जानकार बताउछन् । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया