कर्जाको सदुपयोग गर्न सफल झलकप्रसाद सुवेदी 'सिद्धार्थ बैंकले मलाई विश्वास गरेर दिएको साथ जीवनमै बिर्सन नसक्ने क्षण हो'
- BFIS News
- 2025 Feb Mon 11:33

काठमाडौं । झलकप्रसाद सुवेदी ‘सिन्धु मल्टी पर्पोज प्रा.लि.’का कार्यकारी अध्यक्ष हुन् । उनको व्यवसाय बहुउद्देश्यीय कम्पनीको रूपमा स्थापित छ, जसले कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिएको छ । उनी मेलम्ची नगरपालिका–१, रोक्का टोलमा ‘सिन्धु अग्र्यानिक फार्म एन्ड फार्मस्टे’ नामक परियोजना सञ्चालन गरिरहेका छन् । यो परियोजनामा एकीकृत अग्र्यानिक कृषि फार्म र फार्मस्टेको सेवा प्रदान गरिन्छ, जहाँ पर्यटकले प्रकृतिसँग नजिक रहँदै अग्र्यानिक उत्पादनहरूको अनुभव गर्न सक्छन् ।
सुरुमा त भौगोलिक समस्याले गर्दा असहज बनायो । त्यसमाथि, पर्याप्त पुँजीको अभावले व्यवसाय अघि बढाउन झनै गाह्रो बनायो । कृषि क्षेत्र आफैँमा बिचौलियाको प्रभावले ग्रस्त हुने भएकाले उत्पादक र उपभोक्ताबीच सिधा सम्पर्क स्थापित गर्न सुवेदीलाई मुस्किल भयो ।
तर अठोट, निरन्तरता र लगावसँगै व्यवसायमा जोडिने महत्वपूर्ण कुरा हो, आर्थिक पाटो । सुवेदीलाई बिस्तारै पैसाको आवश्यकताले पिरोल्न थाल्यो । आफूले जोहो गरेको पैसाले मात्र नपुग्ने अवस्था देखियो । त्यसैले उनले व्यवसायलाई स्थिर बनाउन पुँजीको आवश्यकता महसुस गरे । यसै क्रममा सिद्धार्थ बैंकले उनलाई सहयोगको हात बढायो । बैंकले उपलब्ध गराएको कर्जाले उनलाई व्यवसाय विस्तार गर्न ठूलो मद्दत पुर्यायो । सिद्धार्थ बैंकसँगको सहकार्यले झलकलाई आत्मविश्वास दिलायो र व्यवसायलाई स्थिरतामा पुर्यायो ।
सुवेदी भन्छन्, ‘सिद्धार्थ बैंकको कर्जा र सहयोगले मेरो व्यवसायलाई आधार दियो । बैंकले मलाई गरेको विश्वास र सुरुमा दिएको साथ मेरा लागि जीवनमै बिर्सन नसकिने क्षण हो ।’
सुवेदीले सिद्धार्थ बैंकबाट ‘हायर पर्चेज कर्जा’ योजनाअन्तर्गत कर्जा लिएर डेलिभरी भ्यान लिएका छन् र अन्य व्यावसायिक कर्जाको सदुपयोग गरिरहेका छन् । बैंकले बजार व्यवस्थापनमा पनि सहयोग पु¥याएको छ, जसले सुवेदीलाई आफ्ना उत्पादनहरूलाई बजारमा पुर्याउन सघाएको छ । उनी बैंकसँगको सम्बन्धलाई विश्वासिलो र सहयोगी साझेदारीको रूपमा हेर्छन् ।
सुवेदीको मिहिनेतले उनलाई सिन्धुपाल्चोक जिल्लाका शीर्ष कृषकमध्ये पहिलो स्थानमा पुर्यायो । २०७९ सालमा उनी उत्कृष्ट कृषक घोषित भए भने २०८० सालमा ‘राष्ट्रपति उत्कृष्ट कृषक अवार्ड’ प्राप्त गर्न पनि सफल भए । यसबाहेक, बागमती प्रदेशका उत्कृष्ट ५ कृषकमध्ये शीर्ष स्थानमा पर्ने सम्मान पनि उनैले हात पारे । यी सफलताले सुवेदीलाई आत्मसन्तुष्टि मात्र दिएन, उनको कामप्रति थप प्रतिबद्धता र प्रेरणा पनि प्रदान गर्यो ।
सुवेदीको दीर्घकालीन योजना महत्वाकांक्षी छ । उनी आफ्नो परियोजनालाई नेपालमा कृषि पर्यटनको प्रमुख केन्द्रको रूपमा विकास गर्न चाहन्छन् । अब कृषि अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्ने योजनामा उनी छन् । अर्गानिक बगैँचाको विकास र योग, ध्यान तथा प्राणायाम केन्द्रको स्थापना उनका मुख्य योजनामा परेका छन् ।
सुवेदीले कृषि व्यवसाय गर्न चाहनेहरूलाई आफ्नो अनुभवबाट सिक्न आग्रह गरेका छन् । उनी भन्छन्, ‘व्यवसाय सुरु गर्दा चुनौती आउँछ, तर सही योजनासहित अघि बढे सफलता सम्भव छ । कृषि व्यवसाय गर्न चाहनेले मिहिनेत र सही साझेदारको महत्व बुझ्नुपर्छ । मैले त सिद्धार्थ बैंकसँगको सहकार्य कृषकका लागि लाभदायक हुने ठान्छु ।’
सिद्धार्थ बैंकका ग्राहकहरुको सफलताका कथाहरु
प्रतिक्रिया