NIMB Header 2
Nepal Life

मुक्तिनाथ विकास बैंकले तुलसीपुर बजार क्षेत्रमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग प्रदान

National Life
  • BFIS News
  • 2025 Feb 24 21:33
मुक्तिनाथ विकास बैंकले तुलसीपुर बजार क्षेत्रमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग प्रदान
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तुलसीपुर उद्योग वाणिज्य संगले संचालन गरेको “सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर” अभियानलाई साथ दिएको छ ।

Shikhar
NIMB

उक्त कार्यक्रम अन्तर्गत तुलसीपुर बजार क्षेत्रमा हुन सक्ने अपराधिक गतिविधि तथा दुर्घटना न्युनिकरण र पहिचान गर्न विभिन्न स्थानमा सिसिटिभी क्यामरा जडान गर्न बैंकले आर्थिक सहायोग गरेको छ ।

उद्योग वाणिज्य संघको पहलमा संचालित यस प्रकारको अभियानले समग्र तुलसीपुर बजारको सुरक्षा नियन्त्रण प्रणालीमा टेवा पुग्ने र स्थानिय जनतामा समेत सुरक्षाको प्रत्याभुती मिल्ने बैंकले विश्वास लिएको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनय केसी, संघका अन्य पदाधिकारीहरु र तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुखको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा बैंकका तुलसीपुर शाखा प्रमुख सरोज कुमार लामिछानेले उक्त रकम हस्तान्तरण गरेका थिए ।

साथै, बैंकले नेपालमै टिक्न ,सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा लगायत जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया