Nepal Life

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले विरेन्द्रनगरको स्टे होटल भ्याली भ्यूमा छुट पाउने

National Life
  • BFIS News
  • 2025 Feb Mon 21:38
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले विरेन्द्रनगरको स्टे होटल भ्याली भ्यूमा छुट पाउने
RBB

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक तथा कर्मचारीहरुले सुर्खेतको विरेन्द्रनगरमा रहेको स्टे होटल भ्याली भ्यूमा छुट पाउने भएका छन् ।

NIMB

बैंकका ग्राहक र कर्मचारीलाई होटलका सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौतामा सांग्रिला डेभलपमेन्ट बैंक र स्टे होटलबीच सम्झौता भएको हो । सम्झौता अनुसार सांग्रिलाका ग्राहकले स्टे होटलमा बैंकको डेबिट कार्ड वा क्यूआर कोडमार्फत खाना, कोठा र पेय पदार्थको भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् । 

यस्तै, बैंकका कर्मचारीलाई २० प्रतिशत छुट दिइने सम्झौता भएको छ । यस सम्बन्धि सम्झौतापत्रमा सांग्रिलाको नेपालगञ्ज क्लस्टरका प्रमुख जयन्द्र बहादुर खड्का र स्टे होटलका प्रबन्ध निर्देशक तर्क बहादुर शाहीले आइतबार हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता २ वर्षका लागि लागू हुने बैंकले जानकारी गराएको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया