Nepal Life

उत्पादन र रोजगारी बढाउन नेपाललाई एडिबीका प्रमुख अर्थविद्को सुझाव

NMB Bank
  • BFIS News
  • 2025 Mar 02 11:48
उत्पादन र रोजगारी बढाउन नेपाललाई एडिबीका प्रमुख अर्थविद्को सुझाव
National Life

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)का प्रमुख अर्थविद् अल्बर्ट पार्कले नेपालमा उत्पादन र रोजगारी बढाउन सुझाव दिएका छन्। एडिबी आर्थिक अनुसन्धान तथा विकास विभागका महानिर्देशक समेत रहेका पार्कले दुई दशकमा गरिबी न्यूनीकरणका लागि नेपालले गरेको प्रयासको प्रशंसा समेत गरे।

Shikhar
NIMB

चार दिने नेपाल भ्रमणपछि पार्कले पत्रकारहरूसँग कुरा गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्। उनले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीसँग भेट तथा छलफल गरेका थिए।

नेपालले गरिबी न्यूनीकरणमा उल्लेख्य प्रगति गरे पनि दीर्घकालीन दिगो विकासका लागि चुनौतीहरू भने रहेको औंल्याए। यसका लागि रेमिटेन्स निर्भर अर्थतन्त्रबाट उत्पादकत्व रोजगारी सिर्जनामा आधारित अर्थतन्त्रतर्फ अघि बढ्नुपर्ने उनको भनाइ छ। नेपालले निर्यात बढाउँदै विश्वबजारसँग प्रतिस्पर्धा गर्नुपर्ने उनले औंल्याए।

नेपाल सरकारले विकास साझेदारका रूपमा एडिबीको भूमिकाको कदर गरेको पनि उनले उल्लेख गरे। पार्कले सन् २०२५ मा समग्र एसियाको आर्थिक वृद्धिदर ४.८ रहने र एसियामा पनि दक्षिण एसियाको उच्च हुने बताए। दक्षिण एसियाको यस्तो वृद्धिदर ६.३ प्रतिशत हुने आकलन गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया