Nepal Life

नक्कली नोट बनाउने गिरोहका पाँच जना पक्राउ

NMB Bank
  • BFIS News
  • 2025 Mar 13 08:16
नक्कली नोट बनाउने गिरोहका पाँच जना पक्राउ
United Ajod

काठमाडौं, फागुन २८ गते । सर्लाही प्रहरीले नक्कली नोट बनाउने गिरोहमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । मलङ्गवा नगरपालिका–८, गोरखकाली नाकाबाट नक्कली नोटसहित नोट बनाउने कार्यमा संलग्न पाँच जना पक्राउ परेका हुन् ।

Shikhar
Nepal Life
NIMB

पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरका ४२ वर्षीय खुर्सैद भन्ने सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९, चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका–७, बैरियाका ४८ वर्षीय दुलार सहनी, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२, का ५० वर्षीय रामपृत सहनी र ब्रह्मपुरी गाउँपालिका–२, कै ३५ वर्षीया सिहानता कुमारीदेवी रहेका छन् । 

भारततर्फबाट बा.४७ प ८७५७, बीआर ३० सी ४७६६ र बीआर ३० एआई ३०४९ नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गरेका उनीहरूलाई विशेष सूराकीको आधारमा खानतलासी लिँदा नक्कली नोट बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । प्रहरीले उक्त गिरोहको साथबाट नेपाली नक्कली एक हजार दरको तलमाथि एक-एक वटा नोट राखी बिचमा सेतो पेपर राखेर बनाइएको ८८ थान बन्डलमा नक्कली नेपाली रुपियाँ १७६ थान (एक लाख ७६ हजार रुपियाँ) बरामद गरेको छ । 

पक्राउ परेका पाँचै जनालाई मुद्रा सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको डीएसपी राईले बताए । नक्कली नोट बनाउन यी पाँच जना बाहेक अन्य व्यक्ति समेत संलग्न रहेको हुनसक्ने आशङ्काको कोणबाट प्रहरीले अनुसन्धान अघि बढाएको छ ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया