Nepal Life

राष्ट्र बैंक, बोर्ड र अर्थ मन्त्रालयलाई एकैठाउँमा राखेर समस्याको समाधान गर्न लगानीकर्ताको आह्वान

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Fri 17:03
राष्ट्र बैंक, बोर्ड र अर्थ मन्त्रालयलाई एकैठाउँमा राखेर समस्याको समाधान गर्न लगानीकर्ताको आह्वान
Sanima Reliance

काठमाडौं । शेयर बजारका लगानीकर्ताले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थमन्त्रालयलाई एकै ठाउँमा बोलाएर शेयर बजार सम्बन्धी समस्याको समाधान गर्न आह्वान गरेका छन् । नेपाल सेयरधनी संघका अध्यक्ष नानीबाबु खरेलले आह्वान गरेको भेलामा लगानीकर्ताहरुले तीन वटै निकायलाई एकै ठाउँमा ल्याएर वार्ता गरी समस्याको निराकरण गर्नु पर्ने बताएका हुन् ।

NIMB

शेयर बजारमा धेरै लामो समयदेखि गिरावट हुँदा पनि सरकारले कुनै पनि पहल नगरेको भन्दै उनिहरु रुष्ट भएका हुन् । अर्थमन्त्रीले सेयर धितोकर्जामा १२ करोडको सिमा हटाउन राष्ट्र बैंकलाई गरेको आग्रह र स्थानीय तहका फन्डको ६० प्रतिशत रकम बैंकहरुले निक्षेपका रुपमा गणना गर्न पाउने निर्णय गर्दा पनि कार्यान्वयन हुन नसकेकोमा आपत्ति जनाएका छन् । अर्थमन्त्रीले सार्वजनिक कार्यक्रममा शेयर बजारका विषयमा यो गर्छु त्यो गर्छु भन्ने तर केहि पनि कार्यान्वयन नहुँदा सरकार प्रतिको विश्वसनियता नै गुमेको भन्दै आक्रोस पोखेका छन् ।

नीतिगत रुपमै पूँजी बजारमा लगानी गर्ने वातावरण सिर्जना नभएको खण्डमा बजारबाट थुप्रै लगानीकर्ताहरु पलायन हुने भन्दै लगानीकर्ताले चिन्ता व्यक्त गरेका छन् । बजारमा माग सिर्जना वातावरण बनाउन समेत उनिहरुले अनुरोध गरेका छन् ।

लगानीकर्ताहरुले प्रधानमन्त्रीदेखि धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई भेटेरै पूँजी बजारको बारेमा जानकारी गराउने भएका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया