NIMB Header 2
Nepal Life

बाङ्गेश्वराबासी संसारे पूजा गर्दै

National Life
  • BFIS News
  • 2025 Mar 14 17:48
बाङ्गेश्वराबासी संसारे पूजा गर्दै
Sanima Reliance

काठमाडौं । नुवाकोट जिल्ला तादी गाउँपालिका वडा नम्बर १ बाङ्गेश्वराका युवाहरूले यो वर्षदेखि "युवा शक्ति गाउँको सेवामा" नारा लिएर हरेक चैतमा मनाइने संसारे पूजा भव्य र सभ्य रूपमा २०८१ चैत्र २ शनिबार मनाउने तयारीमा जुटेको छ।

Shikhar
NIMB

यसको लागि २०८१ फाल्गुन १२ गते सोमबार भएको बाङ्गेश्वरा बासी भेलाले "बाङ्गेश्वरा एकता समाज"नामक सामाजिक संस्था नामाकरण गर्दै संसारे पुजा चैत्र २ गते शनिबार भव्य र सभ्य रूपमा मितव्ययी भएर बाङ्गेस्वारामा मनाउने निर्णय गर्दै रामराजा ओझा को अध्यक्षमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ।

ओझाको अध्यक्षतामा जीवन गुरुङ -सचिव, मदन ओझा -कोषाध्यक्ष, सदश्यहरुमा रामचन्द्र गुरुङ, सनत गुरुङ, पुष्प गुरुङ, मोहन तामाङ, शिव ओझा, सुरेन्द्र गुरुङ रहेका छन् ।

कार्यक्रमको प्रमुख अतिथिमा तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ रहने छन् । त्यस्तै विशिष्ट अतिथिहरुमा वडा नं १ उर्लेनी का अध्यक्ष नकुर दोङ्ग तामाङ, सुन्दरा प्राथमिक विधालय का शिक्षक तथा पुर्व शिक्षक लगायत अन्यलाई अतिथिको रुपमा निमन्त्रणा पठाई सकिएको बाङ्गेश्वर एकता समाजका तदर्थ समितिका अध्यक्ष तथा संसारी पूजा संयोजक रामराजा ओझाले बताए । 

बाङ्गेश्वरामा भएका सबैभन्दा अग्रज व्यक्तिलाई सधैँ कार्यक्रमको अध्यक्षता गराउने व्यवस्था गरिएको उनले जानकारी दिए । गाँउका सम्पूर्ण चेलीबेटीहरूलाई सन्देश मार्फत कार्यक्रममा सहभागी जनाउन हुन पनि अनुरोध गर्नुभएको छ साथै संसारे पूजा हरेक वर्ष मनाउने र यो कार्यक्रम दीर्घकालीन रुपमा बाङ्गेश्वराबासीको एकताको प्रतीकको रुपमा मनाउने पनि बताए । देश विदेशमा रहेका बाङ्गेश्वराबासी युवाहरूलाई यो कार्यक्रम भव्य र सभ्य रूपमा सफल पार्न आफूले सक्दो आर्थिक सहयोग गर्न पनि आह्वान गरिएको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया