Nepal Life

नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक सुशिलदेव सुवेदीले सम्हाले कार्यभार

NMB Bank
  • BFIS News
  • 2025 Mar 14 18:09
नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक सुशिलदेव सुवेदीले सम्हाले कार्यभार
United Ajod

काठमाडौं । नेपाल बिमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त भएका छन् । सुवेदीले आजदेखि कार्यभार सम्हालेका हुन् । 

 

Shikhar
Nepal Life
NIMB

कार्य सम्पादन मूल्याकंनमा सबैभन्दा धेरै नम्बर प्राप्त गर्दै सुवेदीे बीमा प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका हुन् । प्राधिकरणको बुधबार बसेको पदपूर्ति समितिको बैठकले सुवेदीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । प्राधिकरणले लोकसेवा आयोगकोे स्वीकृति पश्चात रिक्त कार्यकारी निर्देशक कार्यक्षमताको मूल्यांकनबाट बढुवा गरेको हो । 

सुवेदीले ७७.१९४ अंक पाएर कार्यकारी निर्देशक बन्न सफल भएकोे प्राधिकरणले जनाएको छ ।  पछिल्लो समयमा सुवेदी प्राधिकरण सञ्चालक समितिको सचिव, प्राधिकरणको प्रवक्ताको समेत जिम्मेवारीमा रहेका थिए । प्राधिकरणको कार्यकारी निर्देशकको प्रतिस्पर्धामा सुवेदीसहित प्राधिकरणका निर्देशकहरु कमल रेग्मी र पुजन ढुंगेल रहेका थिए ।

बीमा समिति कर्मचारी सेवा शर्त नियमावली २०६८ को विनियम बमोजिम संभाव्य उम्मेदवारको कार्य सम्पादन मूल्यांकन, जेष्ठता, शैक्षिक योग्यता, तालिमवापत प्राप्त गरेको कुल अंकको आधारमा सर्वाधिक अंक प्राप्त गरेकाले बढुवा गरिएको पदपूर्ती समितिले जनाएको छ । गत जेठ १२ गते कार्यकारी निर्देशक पदबाट राजु रमण पौडेलको अनिवार्य अवकाश पछि कार्यकारी निर्देशक पद रिक्त रहेको थियो ।

प्राधिकरणले गत पुस १९ गते कार्यकारी निर्देशकसहितका उच्च तहका पदहरुमा आन्तरिक बढुवाको प्रक्रियाद्वारा पदपूर्ति गरिने सूचना प्रकाशित गरेको थियो । प्राधिकरणले लोकसेवा आयोगकोे स्वीकृति पश्चात बिमा प्राधिकरणको रिक्त कार्यकारी निर्देशक, निर्देशक, उप निर्देशकदेखि सहायक निर्देशकसम्म कार्यक्षमताको मूल्यांकनबाट गरिने बढुवा, आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी प्रतियोगितात्मक माध्यमबाट २५ वटा पदपूर्तिको लागि दरखास्त आह्वान गरेको थियो । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया