Nepal Life

जोमसोममा पूर्वबजेटकालीन अन्तरक्रिया कार्यक्रम सम्पन्न

National Life
  • BFIS News
  • 2025 Mar Fri 21:39
जोमसोममा पूर्वबजेटकालीन अन्तरक्रिया कार्यक्रम सम्पन्न
RBB

मुस्ताङ, चैत १ – मुस्ताङको जोमसोममा आयोजित ‘आर्थिक वर्ष २०८२/८३ को पूर्वबजेटकालीन अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ ।

NIMB

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीले सम्बोधन गर्दै आगामी बजेट नीतिहरू, मौद्रिक नीति तथा समष्टिगत अर्थतन्त्रका विषयमा आफ्नो धारणा राखे । कार्यक्रममा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले समेत बजेट निर्माण प्रक्रियामा विभिन्न पक्षहरूको सुझाव महत्त्वपूर्ण हुने उल्लेख गरे । 

सो अवसरमा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले पनि कार्यक्रमलाई सम्बोधन गर्दै बजेट निर्माणमा स्थानीय तह, प्रदेश सरकार तथा संघीय सरकारबीचको समन्वय आवश्यक रहेको बताए । कार्यक्रममा विभिन्न सरोकारवालाहरू, अर्थविद् तथा सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया