NIMB Header 2
Nepal Life

हाथवे इन्भेष्टमेन्टको आईपीओमा मागभन्दा ६ गुणा बढी आवेदन

National Life
  • BFIS News
  • 2023 Sep 08 17:56
हाथवे इन्भेष्टमेन्टको आईपीओमा मागभन्दा ६ गुणा बढी आवेदन
Sanima Reliance

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा दाेश्राे दिनसम्ममा नै मागभन्दा ६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सार्वजनिक गरेको शुक्रबार बेलुकी ५ बजेर ६ मिनेटसम्मको तथ्यांक अनुसार कम्पनीको आईपीओमा डेढ कराेड भन्दा बढी कित्ताका लागि आवेदन परेकाे हाे ।

Shikhar
NIMB

हाथवे इन्भेष्टमेन्टले सर्वसाधारणका लागि २४ लाख २७ हजार ७५० कित्ता आईपीओ निष्काशन गरेपनि एक कराेड ५० लाख ८६ हजार ४६० कित्ताका लागि आवेदन परेको छ । यसरी, कम्पनीकाे मागभन्दा ६.२१ गुणा बढी आईपीओकालागि आवेदन परेको हो ।

शुक्रबारसम्म कम्पनीकाे आईपीओमा आवेदन दिनेकाे संख्या ६ लाख १७ हजार ४९९ रहेकाे छ । जसबापत ७५ करोड ४३ लाख २३ हजार रूपैयाँ बराबर संकलन भएको छ । कम्पनीले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले आईपीओ निष्काशन गरेको हो।

कम्पनीको आईपीओमा न्यूनतम २० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० अंकको गुणाङ्कमा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। सर्वसाधारण लगानीकर्ताले कम्पनीको आईपीओमा भदौ २५ गते अथवा यहिँ साेमबारसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतका दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५०० कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

त्यसैगरी, कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि र ७३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। अब कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया