Nepal Life

सन नेपाल लाइफले पायो हकप्रद शेयर निष्काशन गर्ने अनुमति, चुक्ता पूँजी ५ अर्ब नाघ्ने

NMB Bank
  • BFIS News
  • 2025 Mar 17 19:32
सन नेपाल लाइफले पायो हकप्रद शेयर निष्काशन गर्ने अनुमति, चुक्ता पूँजी ५ अर्ब नाघ्ने
United Ajod

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद निष्कासनको अनुमति प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्ने स्वीकृति प्रदान गरेको हो ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले एक बराबर २७ को अनुपात अर्थात् एक सय कित्ता सेयर हुनेले २७ कित्ताको लागि आवेदन दिन सक्ने गरेर सेयर जारी गर्ने भएको हो। कम्पनीले एक सय रूपैयाँ प्रतिकित्ताको दरमा सेयर जारी गरेर एक अर्ब ६ करोड पुँजी थप्न लागेको हो। 

हाल कम्पनीको चुक्ता पुँजी तीन अर्ब ९६ करोड रूपैयाँ छ। हकप्रद जारी गरेसँगै कम्पनीको चुक्ता पुँजी पाँच अर्ब रूपैयाँ नाघ्नेछ। बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको लागि पाँच अर्ब चुक्ता पुँजी तोकेको छ। 

कम्पनीसँग यसबाहेक पनि एक अर्ब २६ करोड रूपैयाँ बराबर प्रिमियम रकम छ। कम्पनीको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड छ। कम्पनीले आइपिओ निष्काशन गर्दा आर्जन गरेको प्रिमियमलाई सुरक्षित राख्दै शेयरधनी सँग हकप्रद शेयर आह्वान गरेको हो । जगेडामा रहेको पैसाले कम्पनीको पूँजीकोष बलियो हुनेछ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया