गभर्नरलाई पुँजीबजारमा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
- BFIS News
- 2022 Jun 05 14:49
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरी पुँजीबजारमा देखिएका समस्या तत्काल हल गर्न निर्देशन दिएका छन्।
बालुवाटारमा आज नेपाल पुँजी बजार लगानीकर्ता संघका पदाधिकारीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई फोन गरी पुँजीबजारमा देखिएका समस्या हल गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई आमलगानीकर्ताको समस्या सुन्ने मात्र होइन र उचित समाधान पहिचान गरी कार्यान्वयन गर्नसमेत निर्देशन दिएका छन्।
नेपाल पुँजीबजार लगानीकर्ता संघले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ४ बुँदे माग पेश गरेका थिए । आइतबार संघकी अध्यक्ष राधा पोखरेलको नेतृत्वमा शेयर लगानीकर्ताहरुले प्रम देउवासँग भेट गर्दै आफ्नो माग पेश गरेका थिए
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)









.jpg)







प्रतिक्रिया