Nepal Life

चैत २४ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

National Life
  • BFIS News
  • 2025 Mar Wed 13:44
चैत २४ गते सार्वजनिक विदा दिने सरकारको निर्णय
RBB

काठमाडौं ।  सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । चैत ४ गते सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । चैत २४ गते राम नवमी पर्छ । 

NIMB

यस्तै, बैठकले विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । बैठकले ऋण असुली न्यायधिकरणको बैंकिङ सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने पनि निर्णय गरेको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया