Nepal Life

भारतले साँझको समयमा विद्युत कटौती गरे पछि तराइका औद्योगिक क्षेत्रमा लोडसेडिङको चिन्ता

National Life
  • BFIS News
  • 2025 Mar Fri 05:26
भारतले साँझको समयमा विद्युत कटौती गरे पछि तराइका औद्योगिक क्षेत्रमा लोडसेडिङको चिन्ता
RBB

काठमाडौं । भारतले साँझ ६ देखि बिहान ६ बजेसम्मका लागि विद्युत् कटौती गरेपछि त्यसको मारमा सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योग पर्ने देखिएको छ । उद्योगीले भारतले विद्युत् कटौती गरेपछि औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ हुन सक्ने सम्भावना बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

NIMB

उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले गत पुसदेखि दैनिक चारदेखि छ घण्टासम्म विद्युत् कटौती हुँदै आएको औद्योगिक क्षेत्रमा रातभर आपूर्ति बन्द हुने कुराले उद्योगीलाई समस्यामा पार्ने बताए । उद्योग सङ्गठनले विद्युत् आपूर्ति सहज बनाइदिनुपर्ने भन्दै नेपाल विद्युत् प्राधिकरणलाई ध्यानाकर्षणसमेत गराइसकेको अध्यक्ष सुरानाले बताए । 

मोरङ व्यापार सङ्घका अध्यक्ष अनुपम राठीले रातभर विद्युत् आपूर्ति बन्द हुने अवस्था आए उद्योगको उत्पादन पनि ७० प्रतिशत कटौती हुन सक्ने बताए । सुनसरी–मोरङ कोरिडोरमा पाँच वर्षयता सुक्खा मौसममा यो समस्या कायम रहँदै आएको थियो तर ट्रान्समिसन लाइन निर्माण भइसकेपछि समस्या नहुने आश्वासन पाएका उद्योगी फेरि निराश हुनु परेको राठीको भनाइ छ ।  

प्राधिकरण दुहबी ग्रिडका प्रमुख रोशन खड्काले भारतले चैत ३ देखि ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनबाट साँझ ६ देखि बिहान ६ बजेसम्म विद्युत् आपूर्ति बन्द गरेको जानकारी दिए । त्यसकारण ५०० मेगावाट विद्युत् अपुग हुने भएकाले औद्योगिक क्षेत्रमा कटौती गर्नुपर्ने स्थिति आएको बताए ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया


TOP