सानिमा रिलायन्सको ८ औं वार्षिक साधारणसभा सम्पन्न, पूँजी जुटाउन १.२४ % बोनस शेयर सहित ८ % नगद लाभांश पारित
- BFIS News
- 2025 Mar Fri 17:39

काठमाडौं । सानिमा रिलायन्स लाइफको ८ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको आज विहान ११ बजेदेखि सुरु भएको साधारणसभाले १.२४ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । कम्पनीको आ.व. २०८०/०८१ को लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तिय विवरण उपर छलफल गरी पारित गरेको छ ।
सभाले हालका लेखापरिक्षक जे.बी. राजभण्डारी एण्ड डिबीन्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरिक्षकमा पुनः नियुक्त गरेको छ ।सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी चार अर्ब पन्चानब्बे करोड तीस लाख पैंसाठी हजार दुई सय चौबीस रुपैयाँको ८ प्रतिशतका दरले उनन्चालिस करोड बैसाठी लाख पैंतालिस हजार दुई सय अठार रुपैयाँ बराबरको नगद लाभांश पारित गरेको छ ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी रु.४,९५,३०,६५,२२४।– (अक्षरेपी चार अर्ब पन्चानब्बे करोड तीस लाख पैंसाठी हजार दुई सय चौबीस मात्र) को १.२४८९ प्रतिशतका दरले हुने रकम रु.६,१८,५८,८३२।– (अक्षरेपी छ करोड अठार लाख अन्ठाउन्न हजार आठ सय बत्तीस मात्र) बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । लाभांश पारित सँगै कम्पनीको चुक्ता पूँजी पाँच अर्ब एक करोड उनन्चास लाख चौबीस हजार छपन्न रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया