राष्ट्रिय जीवन बीमा कम्पनीले बोलायो एजीएम, के-के छन् एजेन्डा ?
- BFIS News
- 2025 Mar Mon 10:50

काठमाडौं । राष्ट्रिय जीवन बिमा कम्पनी (साबिक राष्ट्रिय बिमा संस्थान) ले वैशाख ३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको प्रधान कार्यालय, रामशाह पथ काठमाडौंमा अपरान्ह ४ बजे सुरु हुनेछ । यो पटक पनि कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । तसर्थ, यो पटक लगानीकर्ताको हात रित्तै हुने भएको छ ।
सभामा कम्पनीले सञ्चालक समितिले स्वीकृत गरेको पुँजी वृद्धिको योजनालाई अनुमोदन गर्ने एजेन्डा छ यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समयानुकूल संशोधनसमेतका कार्य गर्न र गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि छ ।
सभामा आर्थिक वर्ष २०६९–७०, २०७०–७१, २०७१–७२, २०७२–७३ र २०७३–७४ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने एजेन्डा छ । त्यसैगरी, सभामा आर्थिक वर्ष २०७६-७७ देखि २०७८-७९ सम्मको लेखापरीक्षण गर्न महालेखा परीक्षकको कार्यालयको परामर्शमा सञ्चालक समितिबाट नियुक्त भएका बाह्य लेखापरीक्षकद्वय सुवास पौडेल र विजय सिंह पराजुलीको नियुक्ति र निजहरुको पारिश्रमिक अनुमोदन गर्ने एजेन्डा पनि छ ।
प्रतिक्रिया