Nepal Life

सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात सेवा बीच द्विपक्षीय सम्झौता

NMB Bank
  • BFIS News
  • 2025 Mar 24 22:52
सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात सेवा बीच द्विपक्षीय सम्झौता
United Ajod

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड र सेती महाकाली ट्रक यातायात सेवा प्रा.लि.बीच सवारी साधनहरूको बीमा गर्ने तथा बीमा दाबी भुक्तानीलाई सरल र सहज बनाउने उद्देश्यसहित द्विपक्षीय सम्झौता भएको छ।

Shikhar
Nepal Life
NIMB

सम्झौताअनुसार, सेती महाकाली ट्रक यातायात सेवाका सवारी साधनहरूलाई गरमाथा लुम्बिनी इन्स्योरेन्सले बीमा सुरक्षा प्रदान गर्नेछ। साथै, बीमा दाबी प्रक्रियालाई छिटो, सहज र प्रभावकारी बनाउन दुवै पक्षले सहकार्य गर्नेछन्।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी नेपालको एक प्रतिष्ठित बीमा कम्पनी हो, जसले जीवन तथा निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको छ। कम्पनीले आफ्ना ग्राहकहरूलाई आधुनिक प्रविधिमार्फत सहज, भरपर्दो र छिटो बीमा सेवा उपलब्ध गराउँदै आएको छ। यस सम्झौताले व्यावसायिक यातायात क्षेत्रमा कार्यरत व्यवसायी तथा चालकहरूलाई थप सुरक्षा प्रदान गर्ने विश्वास गरिन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया