Nepal Life

सुनको मूल्य उच्चतम विन्दुबाट गिरावट, प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार

National Life
  • BFIS News
  • 2025 Mar Tue 11:16
सुनको मूल्य उच्चतम विन्दुबाट गिरावट, प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार
RBB

काठमाडौं । सुनको भाउ लगातार ३ दिन घटेको छ । यो ३ दिनमा सुनको भाउ १७ सय रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोल २०० रुपैयाँले घटेर १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ ।

NIMB

यसअघि आइतबार र सोमबार पनि सुनको भाउ क्रमशः प्रतितोला ९०० र ६०० रुपैयाँले घटेको थियो । यता, चाँदीको भाउ भने लगातार दोस्रो दिन स्थिर रहेको छ । मंगलबार चाँदीको भाउ तोलामा १९ सय ८० रुपैयाँ कायम रहेको छ । यसअघि चाँदीको भाउ सोही मूल्यमा किनबेच भएको थियो । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया