Nepal Life

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात व्यवसायी संघ बीच बीमा सम्बन्धी सम्झौता

NMB Bank
  • BFIS News
  • 2025 Mar 26 11:40
सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात व्यवसायी संघ बीच बीमा सम्बन्धी सम्झौता
United Ajod

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती महाकाली ट्रक यातायात व्यवसायी संघ बीच बीमा सेवा सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्र अनुसार सेती महाकाली ट्रक यातायात व्यवसायी संघ मा रहेका ट्रकहरुको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्ने भएको हो । 

Shikhar
Nepal Life
NIMB

उक्त सम्झौतापत्रमा सलिको इन्स्योरेन्सको तर्फबाट नायव महा प्रबन्धक कवि राज पौडेल  तथा सेती महाकाली ट्रक यातायात व्यवसायी संघ को तर्फबाट अध्यक्ष मोहन सिंह साउदले  हस्ताक्षर गरेका हुन् । 

सम्झौतापत्र आदानप्रदान गर्ने कार्यक्रममा सलिको इन्स्योरेन्सको तर्फबाट प्रदेश प्रमुख धर्म राज बडु , शाखा प्रमुख हेमन्त लामिछाने लगायत सेती महाकाली ट्रक यातायात व्यवसायी संघको  तर्फबाट पदाधिकारी तथा  यातायात व्यवसायीहरुको उपस्थिती थियो ।

सेती महाकाली ट्रक यातायात व्यवसायी संघ मा आवद्ध सवारी साधनहरुकोे व्यापक सवारी साधन बीमा सलिको इन्स्योरेन्सबाट हुने र उक्त सवारी साधन अन्तर्गत भविष्यमा कुनै दावी परेमा बीमा कम्पनीले दावी भूक्तानी प्रकृयालाई थप सरल, सहज तथा शिघ्र भुक्तानी गर्ने समेत जनाइएको छ ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया