Nepal Life

वृजहिमालयन स्प्रिङ तथा एनएमबी क्यापिटलबीच संस्थागत परामर्श कार्यमा सहकार्य गर्ने सम्झौता

NMB Bank
  • BFIS News
  • 2025 Mar 26 21:04
वृजहिमालयन स्प्रिङ तथा एनएमबी क्यापिटलबीच संस्थागत परामर्श कार्यमा सहकार्य गर्ने सम्झौता
United Ajod

काठमाडौं । पानी उद्योगको क्षेत्रमा प्रिमियम शुद्ध प्रशोधित तथा प्रिमियम मिनरल मिश्रित शुद्ध पिउने पानी उद्योग सञ्चालन गरी नेपाली उद्यमशीलतामा नयाँ आयाम थप्ने उद्देश्यले स्थापित कम्पनी, वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडले नेपालको अग्रणी मर्चेन्ट बैंक एनएमबी क्यापिटल लिमिटेडसँग संस्थागत परामर्श कार्यका निम्ति संस्थागत परामर्शदाताका रुपमा नियुक्त गरेको छ ।    

Shikhar
Nepal Life
NIMB

यस सहकार्य वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडको निम्ति प्रिमियम पिउने पानि उद्योगमा एक स्थापित ब्राण्ड बनाइ व्यवसायको वृद्धि, विस्तार तथा विकासको दीर्घकालिन लक्ष्य प्राप्तिका लागि एक महत्वपूर्ण कदम रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एनएमबी क्यापिटलको संस्थागत परामर्श सेवाहरू जस्तै पूँजी पुनः संरचना तथा वित्तीय परामर्श सेवा लगायत विभिन्न रणनीतिक साझेदार भित्र्याउने सिलसिलामा चाहिने परामर्श सेवा कम्पनीलाई दिइ व्यवसायलाई थप विस्तार र सुदृढ गर्न सहयोगी भूमिका निर्वाह गर्ने जनाएको छ ।    

यस यात्रामा एनएमबी क्यापिटल लिमिटेडले वित्तीय परामर्श र कम्पनीको विकासका लागि आवश्यक पूँजी पुनः संरचनामा सहयोग गर्नेछ । हाल यस कम्पनीले “पूर्ण ९एगचलब०” ब्राण्डमा १ लि., ५०० मि.लि., २५० मि.लि को बोत्तलमा मिनरल पानी तथा २० लि. को जारमा शुद्ध प्रशोधित पानी उत्पादन गरिरहेको छ ।   

“एनएमबी क्यापिटल लिमिटेडलाई हाम्रो वित्तीय परामर्श साझेदारको रूपमा पाएर हामी अत्यन्तै खुसी छौँ । केडिया अर्गनाइजेसन अन्तर्गतको हाम्रो यो नयाँ परियोजनालाई अझ अगाडि बढाउन र विकास गर्न उहाँहरूको अनुभव र ज्ञान महत्वपूर्ण हुनेछ । यो सहकार्य हाम्रा सरोकारवालाहरूलाई उच्च प्रतिफल प्रदान गर्न हामी प्रतिबद्ध भएको प्रमाण समेत हो ” वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक सत्यम केडियाले यस सहकार्यबारे आफ्नो धारणा राखे । 

एनएमबी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले यस सहकार्यप्रति उत्साह व्यक्त गरे  “वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडसँगको सहकार्यले उत्पादन क्षेत्रमा नयाँ उद्यमहरूलाई सहयोग गर्ने एनएमबी क्यापिटलको लक्ष्य अनुसारनै कार्यगर्न अवसर पाएकोमा उत्साहित छौं । हामी वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडको वृद्धि र विकासको योजनालाई सफल पार्न सहयोग गर्ने छौँ ।”

केडिया अर्गनाइजेसनको नयाँ परियोजनाको रूपमा वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडले पिउने पानी उद्योगमा नयाँ पहिचान बनाउने लक्ष्य लिएको छ । मनोज केडियाको नेतृत्वमा रहेको केडिया अर्गनाइजेसनले विगतमा वित्तिय, बिमा, उत्पादनमूलक उद्योग ( सिद्वार्थ बैंक, सिद्वार्थ प्रिमियर इन्स्र्योरेन्स लि., सिद्वार्थ क्यापिटल लि., सानिमा रिलायन्स लाइफ इन्स्र्योरेन्स, अवसर इक्विटी, वृज सिमेन्ट, स्टीलस, अर्घाखाँची सिमेन्ट, वृज एडिटिभ्स, वृज ग्लास, एसिएन कंक्रिटो) सहित विभिन्न व्यावसायहरु सफलतापूर्वक सञ्चालन गरी शेयरधनीहरुलाई उच्चतम प्रतिफल प्रदान गर्न सफल रहेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया