प्राधिकरणका निर्देशकहरूको जिम्मेवारी हेरफेर तथा पदस्थापना
- BFIS News
- 2025 Mar 28 10:08
काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्देशकहरूको जिम्मेवारी हेरफेर तथा नवनियुक्त निर्देशकहरूको पदस्थापना गरेको छ ।
प्राधिकरणले आजदेखि लागू हुने गरी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरी निर्देशक कमल प्रसाद रेग्मीलाई कानून महाशाखा र निर्देशक पूजन ढुंगेल (अधिकारी) लाई अनुसन्धान महाशाखाको जिम्मेवारी दिएको छ ।
यसैगरी, हालै निर्देशकमा बढुवा भएका निर्देशक शाम्बराज लामिछानेलाई नियमन महाशाखा, निर्देशक धुव तिमिल्सिनालाई सुपरीवेक्षण महाशाखा, निर्देशक निर्मल अधिकारीलाई बीमालेख महाशाखा र निर्देशक कुन्दन सापकोटालाई व्यवस्थापन महाशाखाको जिम्मेवार सम्हाल्ने गरी पदस्थापना गरिएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)










.jpg)







प्रतिक्रिया