Nepal Life

बीमा पोलिसी सरेन्डर दर वृद्धिः प्रमुख जीवन बीमा कम्पनीहरू प्रभावित, फागुन महिनासम्ममा ७१ हजार ५ सय ५४ वटा बीमालेख सरेन्डर

National Life
  • BFIS News
  • 2025 Mar Fri 10:22
बीमा पोलिसी सरेन्डर दर वृद्धिः प्रमुख जीवन बीमा कम्पनीहरू प्रभावित, फागुन महिनासम्ममा ७१ हजार ५ सय ५४ वटा बीमालेख सरेन्डर
RBB

काठमाडौं । नेपालमा हाल बीमा पोलिसी सरेन्डर दर उच्च बन्दै गएको छ। बीमा पोलिसी सरेन्डर भन्नाले बीमा योजना समय अगावै तोड्ने वा रद्द गर्ने प्रक्रिया हो। बीमा कम्पनीहरूका अनुसार आर्थिक, सामाजिक तथा नीतिगत कारणहरूले गर्दा बीमा पोलिसी सरेन्डर दरमा वृद्धि भएको देखिन्छ।

NIMB

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विभिन्न जीवन बीमा कम्पनीहरूमा उल्लेखनीय संख्यामा बीमा पोलिसी सरेन्डर भएका छन्। उपलब्ध तथ्यांकअनुसार, एलआइसी नेपालले सबैभन्दा बढी बीमा पोलिसी सरेन्डर भोगेको छ। यस कम्पनीमा १७,८८९ बीमा पोलिसी सरेन्डर भई कुल ३ अर्ब ९ करोड ९६ लाख रुपैयाँको बीमा पोलिसी रद्द भएको छ, जुन कुल सरेन्डर रकमको ३१.३८ प्रतिशत हिस्सा हो।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा १५,५७२ बीमा पोलिसी सरेन्डर भई २ अर्ब ६३ करोड ७६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी परित्याग भएको छ, जसले कुल सरेन्डर रकमको २६.७१ प्रतिशत ओगट्छ।

राष्ट्रिय जीवन बीमा कम्पनीमा १०,१४६ बीमा पोलिसी सरेन्डर भई ९२ करोड ११ लाख रुपैयाँ बराबरको बीमा पोलिसी परित्याग भएको छ। यस्तै, एशियन लाइफ इन्स्योरेन्समा ५,८२४ बीमा पोलिसी सरेन्डर भई ६१ करोड १४ लाख रुपैयाँको बीमा पोलिसी त्यागिएको छ, जसको हिस्सा ६.१९ प्रतिशत रहेको छ।

अन्य बीमा कम्पनीहरूमा पनि सरेन्डर दर उच्च देखिएको छ। नेशनल लाइफमा ४,१६० बीमा पोलिसी सरेन्डर भई ६० करोड ६१ लाख रुपैयाँ बराबरको बीमा पोलिसी परित्याग भएको छ। सूर्यज्योति लाइफमा ३,९६३ बीमा पोलिसी सरेन्डर भई ५३ करोड २१ लाख रुपैयाँ बराबरको बीमा पोलिसी रद्द भएको छ।

हिमालयन लाइफमा ४,५८४ बीमा पोलिसी सरेन्डर भई ४२ करोड २७ लाख रुपैयाँ बराबरको बीमा पोलिसी परित्याग भएको छ। मेट लाइफमा २,३७८ बीमा पोलिसी सरेन्डर भई २७ करोड ९९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्याग गरिएको छ।

सिटिजन लाइफमा १,९५९ बीमा पोलिसी सरेन्डर भई १८ करोड ४४ लाख रुपैयाँ बराबरको बीमा पोलिसी परित्याग भएको छ। सानिमा रिलायन्स लाइफमा १,२४७ बीमा पोलिसी सरेन्डर भई १७ करोड ४५ लाख रुपैयाँ बराबरको बीमा पोलिसी रद्द भएको छ।

प्रभु महालक्ष्मी लाइफमा १,०२० बीमा पोलिसी सरेन्डर भई १४ करोड २० लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्याग भएको छ। आइएमई लाइफमा १,१९० बीमा पोलिसी सरेन्डर भई १३ करोड ५३ लाख रुपैयाँ बराबरको बीमा पोलिसी रद्द भएको छ।

रिलायबल नेपाल लाइफमा १,०९६ बीमा पोलिसी सरेन्डर भई ७ करोड ४४ लाख रुपैयाँ बराबरको बीमा पोलिसी परित्याग भएको छ। सन नेपाल लाइफमा ५२६ बीमा पोलिसी सरेन्डर भई ५ करोड ५५ लाख रुपैयाँ बराबरको बीमा पोलिसी रद्द भएको छ।

तुलनात्मक रूपमा नयाँ बीमा कम्पनीहरूमा सरेन्डर दर कम देखिएको छ। सरेन्डर दर कम भएका बीमा कम्पनीहरूमा सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, आईएमई लाइफ, प्रभु महालक्ष्मी लाइफ, सानिमा रिलायन्स लाइफ, र सिटिजन लाइफ रहेका छन्।

बीमा पोलिसी सरेन्डर दर वृद्धिले बीमा बजारलाई प्रत्यक्ष असर पारिरहेको छ। विशेषज्ञहरूका अनुसार, बीमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा, फोर्सफुल्ली बीमा पोलिसी बिक्री, प्रलोभनजन्य कार्यहरू तथा आर्थिक अस्थिरता जस्ता कारणहरूले बीमा पोलिसी सरेन्डर दर वृद्धि गराएको हो। यस चुनौतीलाई सम्बोधन गर्न बीमा कम्पनीहरूलाई दीर्घकालीन रणनीति अवलम्बन गर्नु आवश्यक देखिन्छ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया