NIMB Header 2
Nepal Life

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन आग्रह, २१ लाख मध्ये वैदेशिक रोजगारमा गएका योगदानकर्ता १५ लाख नाघे

National Life
  • BFIS News
  • 2025 Mar 29 07:06
सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन आग्रह, २१ लाख मध्ये वैदेशिक रोजगारमा गएका योगदानकर्ता १५ लाख नाघे
Sanima Reliance

काठमाडौँ, चैत १५ गते । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले योगादनमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका रोजगारदाता प्रतिष्ठान र श्रमिकलाई कोषको योजनामा सूचीकृत हुन आग्रह गरेको छ । विभागले सूचनामार्फत कोषको योजनामा सूचीकृत छुटेका सबै रोजगारदाता र श्रमिकलाई सक्दो छिटो सूचीकृत हुन आग्रह गरेको हो । 

Shikhar
NIMB

कोषको योजनामा सूचीकृत भएर पनि योगदान नगरेकालाई समेत नियमित योगदान गर्न आग्रह गरेको छ । कोषमा मासिक रूपमा नियमित रकम जम्मा गर्नुपर्ने व्यवस्था भए पनि कतिपयले योगदान नगरेको पाइएको विभागले जनाएको छ ।

नेपालमा औपचारिक क्षेत्रका साना, मझौला र ठुला गरी करिब नौ लाख रोजगारदाता प्रतिष्ठान रहेको बताइन्छ तर हालसम्म कोषको योजनामा २० हजार ३०२ वटा रोजगारदाता प्रतिष्ठान मात्रै सूचीकृत भएका छन् भने ती प्रतिष्ठानमा कार्यरत पाँच हजार ७१ हजार ९३७ जना आबद्ध भएका छन् । कोषका अनुसार यो सङ्ख्या २०७५ मङ्सिर ११ देखि हालसम्मको हो ।  

कोषमा हाल २१ लाख १२ हजार ९५७ जना योगदानकर्ता श्रमिक सूचीकृत भएका छन् । जसमा सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जाने १५ लाख ४० हजार २४९ र अनौपचारिकतर्फका ४५१ जना र स्वरोजगारतर्फका ३२० रहेका छन् । 

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले हाल रोजगारदाता प्रतिष्ठानको आधिकारिक तथ्याङ्क नभए पनि विगतमा नौ लाख रोजगारदाता प्रतिष्ठान भन्ने गरिएकाले छ वर्षको बिचमा २० हजार मात्रै कोषको योजनामा आबद्ध हुनु असाध्यै थोरै भएको बताउनुभयो । 

श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने उद्देश्यले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ कार्यान्वयनमा छ । सामाजिक सुरक्षा कोषमा श्रमिकले ११ प्रतिशत र रोजगारदाताले २० प्रतिशत गरी कुल ३१ प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया