Nepal Life

ग्लोबल आईएमई बैंकमा रोजगारीको अवसर, म्यानेजमेन्ट ट्रनिका लागि दरखास्त आह्वान

NMB Bank
  • BFIS News
  • 2025 Mar 30 15:39
ग्लोबल आईएमई बैंकमा रोजगारीको अवसर, म्यानेजमेन्ट ट्रनिका लागि दरखास्त आह्वान
United Ajod

काठमाडौं । ग्लोबल आईएमई बैंकले म्यानेजमेन्ट ट्रेनिमा दरखास्त आह्वान गरेको छ। बैंकिङ क्षेत्रप्रति रुचि राख्ने, उत्कृष्ट सञ्चार सीप भएका तथा उत्कृष्टता प्राप्त गर्ने लक्ष्य राख्ने इच्छुक उम्मेदवारहरूलाई आवेदन दिन प्रोत्साहित गरिन्छ। इच्छुक उम्मेदवारहरूले न्यूनतम २१ वर्ष पूरा गरिसकेको हुनुपर्छ भने अधिकतम उमेर सीमा आवेदन दिने अन्तिम मितिसम्म ४० वर्ष ननाघेको हुनुपर्नेछ।

Shikhar
Nepal Life
NIMB

आवेदन दिनका लागि उम्मेदवारले मान्यता प्राप्त विश्वविद्यालयबाट वाणिज्य, लेखा, अर्थशास्त्र, वित्त, व्यवस्थापन वा सो सरहको स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्छ। साथै, कानुन वा सूचना प्रविधि जस्ता सम्बन्धित व्यावसायिक उपाधि भएका उम्मेदवारहरूलाई पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

शैक्षिक योग्यताका रूपमा न्यूनतम दोस्रो श्रेणी वा २.७५ सीजीपीए आवश्यक छ। बैंकका योग्य आन्तरिक कर्मचारीहरूलाई पनि आवेदन दिन प्रोत्साहित गरिएको छ।

प्रारम्भिक छनोटमा परेका उम्मेदवारहरूलाई मात्र थप छनोट प्रक्रियामा सामेल गराइनेछ भने छनोट मापदण्ड बैंकले नै निर्धारण गर्नेछ। कुनै पनि चरणमा सिफारिस (canvassing) गरेको पाइएमा उम्मेदवार स्वतः अयोग्य ठहरिनेछन्। साथै, बैंकले कुनै पनि वा सबै आवेदन अस्वीकार गर्ने पूर्ण अधिकार सुरक्षित राखेको छ। 

इच्छुक उम्मेदवारहरूले आफ्नो आवेदन २०८१ चैत २२ गते, शनिबार (२०२५ अप्रिल ५) साँझ ५:३० बजेभित्र पेश गर्नुपर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया