Nepal Life

सानिमा इक्वीटी फण्डका इकाइधनीलाई दशैको मुखैमा १८ प्रतिशत नगद लाभांश

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Sun 11:14
सानिमा इक्वीटी फण्डका इकाइधनीलाई दशैको मुखैमा १८ प्रतिशत नगद लाभांश
Sanima Reliance

काठमाडौं । सानिमा इक्विटी फण्डका इकाईधनीहरुले दशै अगाडी १८ प्रतिशत नगद लाभांश प्राप्त गर्ने भएका छन् । सानिमा बैंक कोष प्रवर्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड नामक योजनाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट इकाइधनीलाई कर सहित १८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

NIMB

सानिमा क्यापिटलको सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले एक अर्ब ३० करोडको १८ प्रतिशत अर्थात २३ करोड ४० लाख रुपैयाँ प्रतिफल दिने भएको हो ।  फण्डले साधारणसभाबाट लाभांश पारित गरेर इकाइधनीलाई प्रतिफल वितरण गर्नेछ । सम्भवता दशै अगाडी नै इकाधनीले लाभांश प्राप्त गर्ने छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया