NIMB Header 2
Nepal Life

सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो

National Life
  • BFIS News
  • 2025 Mar 31 13:59
सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो
Sanima Reliance

काठमाडौँ, चैत  १८ गते । अन्तरराष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ । गत शुक्रबार हालसम्मकै उच्च अङ्कको पुगेको सुनको मूल्य हिजो आइतबार पनि बढेको थियो । आज फेरि नयाँ उचाइमा पुगेको छ ।

Shikhar
NIMB

आइतबार प्रतितोला एक लाख ७६ हजार आठ सय कायम भएको सुनको मूल्य आज तोलामा एक हजार एक सय बढेर एक लाख ७७ हजार नौ सय कामय भएको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० बढेर रू दुई हजार ३५ पुगेको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ११४ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया