पियोर इनर्जी लिमिटेडले चैत्र २८ गतेदेखि सर्वसाधारणका लागि आइपिओ जारी गर्दै, १ लाख १९ हजार ५२० जनाले मात्रै शेयर पाउने
- BFIS News
- 2025 Mar Mon 14:20

काठमाडौं । पयोर इनर्जी लिमिटेडले आगामी चैत २८ गते सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरले ११ लाख ९५ हजार २०० कित्ता आइपिओ जारी गर्ने भएको हो ।
कम्पनीले छिटोमा २०८२ साल वैशाख २ गतेसम्म निष्काशन गर्नेछ । यदि छिटोको अवधिमा बिक्री हुन नसकेमा कम्पनीले वैशाख ११ गतेसम्म निष्काशन गर्न सक्ने छ ।
कम्पनीको जारी पूँजी रु. ८० करोड रहेको छ । जसको २% (१,६०,००० कित्ता शेयर, रु. १.६० करोड बराबर) बाँके जिल्लाका परियोजनाबाट प्रभावित स्थानीयहरूका बिक्री गरिसकेको छ । त्यस्तै, जारी पूँजीको १८% अर्थात् १४,४०,००० कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणलाई बिक्री गर्नेछ ।
सार्वजनिक निष्कासन अन्तर्गत १०% (१,४४,००० कित्ता शेयर) वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि बाँडफाँड गरिसकेको छ । कुल १४,४०,००० कित्तामध्ये ७२,००० कित्ता (५%) म्युचुअल फन्डहरूका लागि र २८,८०० कित्ता (२%) कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ। बाँकी ११,९५,२०० कित्ता सर्वसाधारणका लागि बिक्री गर्ने भएको हो ।
आईपीओ निष्कासनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आवेदकले न्यूनतम कित्ता १० र अधिकतम कित्ता १,००,००० सम्मका लागि आवेदन दिनेछ ।
केयर रेटिङ्स नेपाल लिमिटेड (CRNL) ले प्योर इनर्जी लिमिटेडलाई ‘CARE-NP BB+ (Is)’ रेटिङ प्रदान गरेको छ। यस रेटिङले कम्पनीलाई समयमै वित्तीय दायित्वहरू पूरा गर्ने मामिलामा मध्यम जोखिमयुक्त रहेको देखाउँछ। CRNL ले कम्पनीको दीर्घकालीन बैंक सुविधाको रेटिङ ‘CARE-NP BB’ बाट सुधार गर्दै ‘CARE-NP BB+’ मा वृद्धि गरेको छ।
पियोर इनर्जी लिमिटेड (PEL) को स्थापना १९ जुन २०१८ मा भएको थियो। यस कम्पनीलाई गोल्यान समूह र REnergo Developers Pvt Ltd का प्रवर्द्धकहरूले समर्थन गरेका छन्। कम्पनीले बाँके जिल्लाको रानियापुर गाउँ विकास समितिमा २० मेगावाट क्षमताको ग्रिड-संलग्न सौर्य फोटोभोल्टिक (PV) परियोजना सञ्चालन गरिरहेको छ। हाल दुवै सौर्य परियोजनाहरू सञ्चालनमा छन्।
प्रतिक्रिया