NIMB Header 2
Nepal Life

कनेक्ट आइपिएस मार्फत ५०० रुपैयाँसम्मको फण्ड ट्रान्स्फरमा अब कारोबार शुल्क नलाग्ने 

National Life
  • BFIS News
  • 2025 Apr 02 11:17
कनेक्ट आइपिएस मार्फत ५०० रुपैयाँसम्मको फण्ड ट्रान्स्फरमा अब कारोबार शुल्क नलाग्ने 
Sanima Reliance

काठमाडौं । डिजिटल भुक्तानीलाई प्रवद्र्र्धन गर्नुका साथै सानो रकमका भुक्तानीहरु डिजिटल माध्यमबाट गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ NCHL ले Retail Payment Switch (RPS) मार्फत् हुने रु ५०० सम्मको फण्ड ट्रान्स्फरमा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको छ । connectIPS को वेब/मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गमा रहेको connectIPS फण्ड ट्रान्स्फर तथा connectIPS मार्फत मोबाईल वालेटमा गरिने Cash In/Out  लाई पूर्ण रुपमा निशुल्क गरिएको छ ।  

Shikhar
NIMB

चैत्र १९ गतेबाट उक्त व्यवस्था connectIPS मा कार्र्यान्वयनमा आइसकेको छ भने बैंक वित्तीय संस्था र वालेटहरुले आफ्ना प्रणालीहरुमा आवश्यक व्यवस्था मिलाए पछी मोबाइल बैंकिङ्ग तथा वालेटमा पनि क्रमिक रूपमा लागू हुनेछ । RPS मार्फत हुने अन्य च्यानलहरु र कारोबारहरुमा भने कारोबार रकमको आधारमा हाल कायम रहेको रु. २ र रु.८ कारोबार शुल्कको व्यवस्था यथावत रहने छ । साथै उक्त कारोबार शुल्कमा कानून बमोजिमको VAT थप हुने व्यवस्था रहेको छ ।

कारोबार संख्यामा बृद्धी सँगै कारोबार शुल्क समायोजन गर्ने नीति NCHL ले लिँदै आएको छ । RPS मार्फत गत आर्थिक वर्षमा ने. रु. ५,६९७ अर्ब बराबरको ७ करोड ५६ लाख भुक्तानी कारोबारहरु फर्छ्यौट गरेको थियो भने चालू आर्थिक वर्षको आठ महिनामा ने. रु. ४,५५३ अर्ब बराबरको ६ करोड ८३ लाख भुक्तानी कारोबारहरु फर्छ्यौट गरिसकेको छ । हाल ५२ बैंक वित्तीय संस्थाहरुको मोबाईल बैंकिङ्ग एपमा च्एक्र connectIPS बाट फण्ड ट्रान्स्फर गर्न सकिने सेवा उपलब्ध रहेको छ भने १३ भन्दा बढि वालेटहरुमा बैंक खाताबाट Cash In/Out को सेवा उपलब्ध रहेको छ ।

NPS अन्तर्गतको RPS ले बैंक वित्तीय संस्था PSPs/PSOs लगायतका संस्थाहरुलाई open APIs को माध्यमबाट real-time भुक्तानीहरु गर्न सकिने प्ल्याट्फर्म प्रदान गर्दै आएको छ । RPS मा रु २० लाख प्रति कारोबार सीमा रहेको छ भने च्यानल तथा uses cases बमोजिम एउटै बैंकमा गरिने कारोबारको उक्त सीमा रु १ करोड प्रति कारोबार सम्म रहेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया