United Ajod

सुन भाउ ऐतिहासिक उचाइमा, प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँ

Everest Bank
  • BFIS News
  • 2025 Apr Thu 12:13
सुन भाउ ऐतिहासिक उचाइमा, प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँ

काठमाडौ । नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। गत शुक्रबारदेखि दैनिक नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य, हिजो अर्थात बुधबार घटेको थियो। तर यस दिन पुनः सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँ बढेको हो। बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन तोलाको २ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन तोलामा २५ रुपैयाँ घटेर १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया