NIMB Header 2
Nepal Life

सुन भाउ ऐतिहासिक उचाइमा, प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँ

National Life
  • BFIS News
  • 2025 Apr 03 12:13
सुन भाउ ऐतिहासिक उचाइमा, प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँ
Sanima Reliance

काठमाडौ । नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। गत शुक्रबारदेखि दैनिक नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य, हिजो अर्थात बुधबार घटेको थियो। तर यस दिन पुनः सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँ बढेको हो। बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन तोलाको २ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन तोलामा २५ रुपैयाँ घटेर १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया