Nepal Life

एक महिनादेखि लगातार ओरालो झरेको शेयर बजारमा सुधारको संकेत, यस्तो छ बजार बढ्नुका कारण

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Sun 15:18
एक महिनादेखि लगातार ओरालो झरेको शेयर बजारमा सुधारको संकेत, यस्तो छ बजार बढ्नुका कारण
Sanima Reliance

काठमाडौं । विगत एक महिनादेखि लगातार ओरालो झरेको शेयर बजारमा सुधारको संकेत देखिएको छ । डेढ महिनाको अवधिमा नेप्से सूचक अधिकतम २२२७ अंकबाट १९३२ अंकसम्म झर्यो । यस अवधिमा कारोबार रकममा पनि भारि गिरावट देखियो ।

NIMB

दोस्रो बजार एक वर्ष भन्दा लामो समयदेखि १८ सयदेखि २३ सय अंकको विचमा घुमिरहेको छ । यस अवधिमा भने १९३२ अंबाटै बजार फर्किएको छ । केहि दिनदेखि शेयर बजारमा बुलिस डाइभर्सन देखिइरहेको थियो । यसले गर्दा बजार १८ सय अंकको वरिपरि नझरी सुधार भयो ।

अव शेयर बजारमा दशै तिहारको रौनक सँगै आर्थिक गतिविधि पनि बढ्न थाल्नेछ । चाडवाडको समयमा व्यवसायीले बजारबाट उठाएको रकम बैंकिङ प्रणालीक साथ साथै शेयर बजारमा पनि आउन थाल्नेछ । वैदेशिक रोजगारमा गएका नेपाली तथा युरोप अमेरिका गएका नेपालीहरुले पनि स्वदेशमा रहेका आफ्नो घर परिवारमा रेमिट्यान्स पठाउने हुँदा यसको प्रभाव बजारमा देखिन्छ ।

यसका साथै अव लाभांशको पनि सिजन हो । डेढ महिनाको अवधिमा अधिकाम्स कम्पनीको शेयर मूल्यमा भारि गिरावट भएको छ । चलाख लगानीकर्ताले गएका दिनमै शेयर उठाइसकेका छन् । अझै पनि शेयर खरिद गर्दा राम्रो मार्जिन बचाउन सकिने भएकाले गत बिहीबार र आज आइतबार कारोबार रकम एक अर्ब नाघेको छ ।

सरकारले स्थानीय तहको रकम मध्ये ६० प्रतिशत रकमलाई बैंकहरुले निक्षेपको रुपमा गणना गर्न पउने व्यवस्था गरिदिएको छ । यसले गर्दा बैंकहरुमा तरलता सहज देखिदैछ । यसले आगामी महिनामा बैंकहरुलाई व्याजदर बढाउनु पर्ने दवाव पर्नेछैन । यसले पनि आजको बजारमा राम्रो भुमिका खेलेको छ ।

आइतबार नेप्से सूचक १०.२३ अंकले सुधार भएको छ भने कारोबार रकम एक अर्ब ७ करोडको भएको छ । १५२ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ६६ वटाको शेयर मूल्यमा गिरावट देखिन्छ । हाइड्रोपावर बाहेक सम्पुर्ण सूचकमा सुधार देखिन्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया