NIMB Header 2
Nepal Life

राजावादी आन्दोलनका क्रममा हुलदङ्गा र मुठभेडमाबाट करिब पाँच करोड रुपैयाँको बीमा दाबी

Muktinath Bank
  • BFIS News
  • 2025 Apr 04 11:24
राजावादी आन्दोलनका क्रममा हुलदङ्गा र मुठभेडमाबाट करिब पाँच करोड रुपैयाँको बीमा दाबी
Everest Bank

काठमाडौँ, चैत २२ गते । गत शुक्रबार राजधानीको तीनकुने र सो क्षेत्र वरपर भएको हुलदङ्गा र मुठभेडका कारण निर्जीवन बीमा कम्पनीमा करिव पाँच करोड रुपैयाँको दाबी परेको छ । 

Shikhar
NIMB

राजावादी समर्थकको प्रदर्शनका क्रममा भएको हुलदङ्गाका कारण अहिलेसम्म चार करोड ८७ लाख ६८ हजार २० रुपैयाँ बराबरको क्षतिको दाबी परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । बिहीबार निर्जीवन बीमा कम्पनीबाट प्राप्त तथ्याङ्कका अनुसार हुलदङ्गाका कारण भएको क्षतिमा ११ वटा बीमा कम्पनीमा ४३ वटा दाबी परेको छ । प्राप्त बीमा दाबीमध्ये हालसम्म एउटा कम्पनीले तीन वटा दाबीको ४५ हजार १२ रुप‍ैयाँ भुक्तानी गरिसकेको छ ।

हालसम्म प्राप्त दाबीमध्ये शिखर इन्स्योरेन्सले तीन वटा दाबीको ४५ हजार १२ रुपैयाँ भुक्तानी गरेको छ । बाँकी १० कम्पनीले भने एउटा पनि दाबी भुक्तानी नगरेको प्राधिकरणले जनाएको छ । हुलदङ्गा र मुठभेडबाट प्राप्त भएको क्षतिको विवरण अनुसार सर्वाधिक रकमको दाबी सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा परेको छ । यो कम्पनीले दुई वटा दाबीको एक करोड २७ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ ।

रकमका हिसाबले दोस्रो धेरै दाबी पर्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले आठ वटा दाबीबापत एक करोड १७ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने प्राधिकरणको तथ्याङ्कमा छ ।

यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पाँच वटा दाबीको ६८ लाख ९१ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले चार वटा दाबीको ५२ लाख रुपैयाँ, दी ओरिएन्टल इन्स्योरेन्सले एउटा दाबीको ४७ लाख ५० हजार रुपैयाँ, नेसनल इन्स्योरेन्सले ११ वटा दाबीको २० लाख ७५ हजार रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सले एउटा दाबीको १६ लाख ९५ हजार रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले चार वटा दाबीको १४ लाख ६० हजार रुपैयाँ, शिखर इन्स्योरेन्सले पाँच वटा दाबीको १३ लाख २५ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले एउटा दाबीको आठ लाख ७१ हजार ७९५ रुपैयाँ र प्रभु इन्स्योरेन्सले एउटा दाबीको ५० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार बीमालेख अनुसार बीमा दाबीमध्ये सर्वाधिक मोटर बीमा (निजी) तर्फ २२ वटा, सम्पत्ति बीमा १६ वटा, इन्जिनियरिङ तथा ठेकेदार जोखिम तीन वटा र विविध दुई वटा दाबी परेको छ । जसमध्ये मोटर बीमा (निजी) दुई र विविध एक दाबीको भुक्तानी भएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया