NIMB Header 2
Nepal Life

मोदीसँगको वार्ता सार्थक र सकारात्मक रह्योः ओली, भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएकोः मोदी

National Life
  • BFIS News
  • 2025 Apr 04 22:47
मोदीसँगको वार्ता सार्थक र सकारात्मक रह्योः ओली, भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएकोः मोदी
Sanima Reliance

काठमाडौँ, चैत २२ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता सार्थक र सकारात्मक भएको बताएका छन्।

Shikhar
NIMB

बिहीबार बैंककमा भएको भेटवार्तापछि ट्वीट (एक्स)मा लेख्दै ओलीले यस्तो बताएका हुन्। मोदीसँग आत्मीय र सौहार्दपूर्ण भेट भएको उहाँको भनाइ छ। ओलीले आत्मीय भेटवार्ताप्रति खुसी व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले एक्समा लेखेका छन्, ‘‘मेरा प्रिय मित्र, प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग आत्मीय र सौहार्दपूर्ण भेट भयो। हाम्रो वार्ता अत्यन्त सार्थक र सकारात्मक रह्यो। यस आत्मीय भेटवार्ताप्रति म खुसी व्यक्त गर्दछु।’’

थाइल्यान्डको बैंककस्थित होटल माडारिन ओरियन्टलमा प्रधानमन्त्री ओलीको भारतीय प्रधानमन्त्री मोदीसँग करिब ४५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उहाँहरू बीच पूर्वनिर्धारित तालिकाअनुसार भेटवार्ता भएको हो।

यसअघि उनिहरू बीच संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा गत असोज ७ गते भेटवार्ता भएको थियो। यता, प्रधानमन्त्री ओलीसँगको भेटपछि भारतका प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको उल्लेख गरेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया