Nepal Life

बुटवल पावरले एफपीओ निष्काशन गर्ने, ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव

RBB
  • BFIS News
  • 2025 Apr Mon 11:04
बुटवल पावरले एफपीओ निष्काशन गर्ने, ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव
Shikhar detail

काठमाडौं । बुटवल पावर कम्पनीले एफपीओ निष्काशन प्रक्रियालाई रद्द गरेको छ । कम्पनीले एफपिओ रद्द गरी हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीको चैत २२ गते बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले प्रमियम मूल्यमा १ करोड कित्ता एफपीओ बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको थियो । 

 

NIMB

उक्त एफपीओ प्रक्रिया रद्द गरी अब ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय भएको कम्पनीले जानकारी गराएको छ । बुटवल पावरको हाल ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँ चुक्ता पुँजी रहेको छ । उक्त पुँजीको ४० प्रतिशतले हुने १ अर्ब ३६ करोड ३६ लाख २५ हजार ८०० रुपैयाँ बराबरको हकप्रद सेयर जारी हुने कम्पनीले जानकारी गराएको छ ।

सरकारी लगानीसमेत रहेको बुटवल पावर कम्पनीले २०७४ मा फर्दर पब्लिक शेयर अफरिङ (एफपिओ) को बिक्री खुल्ला गरेको थियो ।कम्पनीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको एफपिओ जारी गरेको हो।

कम्पनीले एक सय रुपैयाँ फेस भ्यालुमा ४०१ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ५०१ रुपैयाँमा एफपिओ बिक्री गरेको थियो । यतिवेला एफपिओ खरिद गरेका शेयरधनीले अहिलेसम्म लगानी उठाउन सकेका छैनन् । अर्को तर्फ शेयर मूल्य पनि एफपिओ मूल्य भन्दा धेरै तल झर्दा लगानीकर्ताहरु मर्कामा पर्दै आएका थिए । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया