Nepal Life

सगरमाथा लुम्बिनी सलिकोद्वारा संखुवासभा र भोजपुरमा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

RBB
  • BFIS News
  • 2025 Apr Mon 15:32
सगरमाथा लुम्बिनी सलिकोद्वारा संखुवासभा र भोजपुरमा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
Shikhar detail

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा संखुवासभा र भोजपुर जिल्लाका विभिन्न स्थानहरूमा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल तथा सचेतना कार्यक्रमहरू सम्पन्न भएका छन्।

NIMB

संखुवासभा जिल्लाको पाँचखपन नगरपालिका सभा हलमा २०८१ साल चैत्र १९ गते सम्पन्न कार्यक्रममा कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता तथा पाँचखपन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । खादबारी शाखा प्रमुख दुर्गा प्रसाद गौतमले कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कृषि तथा पशुपंक्षी विभाग प्रमुख उमेश ढकालले कृषि तथा पशुपंक्षी बीमाको प्रक्रिया, दावी सम्वन्धी कार्यविधि, नयाँ बीमा सफ्टवेयर तथा अभिकर्ता र प्रविधिकको भूमिकाबारे महत्वपूर्ण जानकारी प्रदान गरेका थिए । कार्यक्रममा नगरपालिका कृषि तथा पशु प्रविधिक, कर्मचारी, सहकारी प्रतिनिधि र अगुवा कृषकसहित ५३ जना सहभागी थिए।

प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले किसानहरूलाई बीमामा आबद्ध गराउनु जरुरी रहेको र पालिकाले त्यसका लागि आवश्यक सहजीकरण गर्ने बताए। कोशी प्रदेश प्रमुख गौतमले बीमाको पहुँच गाउँसम्म पुर्याउने कम्पनीको योजना रहेको उल्लेख गरेका थिए। सहभागी कृषकहरूले बीमा आजको आवश्यकता भएको र कार्यक्रममा बीमा सम्बन्धी जानकारी प्रष्ट भएको प्रतिक्रिया जनाए।

यसैबीच, भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा चैत्र १७ गते कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षतामा र वडा अध्यक्ष राजेन्द्र कुमार तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। भोजपुर शाखा प्रमुख सन्तोष तिवारीले कार्यक्रम सञ्चालन गरेका थिए।

उक्त कार्यक्रममा कृषि विभाग प्रमुख उमेश ढकालले बीमाको प्रक्रिया, कहाँ, कसरी र किन गर्ने भन्ने विषयमा विस्तृत जानकारी दिएका थिए। कार्यक्रमबाट ६५ जना सहभागीहरूले बीमाले कृषकलाई सुरक्षा दिने विश्वास व्यक्त गरे।

त्यसैगरी, कृषि ज्ञान केन्द्र भोजपुरको सभाहलमा चैत्र १८ गते कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न भयो। कृषि ज्ञान केन्द्र प्रमुख मुकेश कुमार यादवको अध्यक्षता तथा वडा नं. ६ का वडा अध्यक्ष फडिन्द्र प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन भयो। कार्यक्रममा ४० जना सहभागी थिए।

मुख्य वक्ता उमेश ढकालले कृषि, पशुपंक्षी तथा जीवजन्य बीमाको वर्तमान अवस्था, बीमा दस्तुरमा दिइने अनुदान, बीमा दाबी प्रक्रियामा आवश्यक कागजातहरू र नेपाल सरकारद्वारा विकास गरिएको सफ्टवेयर प्रणालीको प्रयोगबारे सहभागीहरूलाई जानकारी गराएका थिए।

उक्त सबै कार्यक्रमहरूमा सहभागीहरूले नियमित बीमा गर्दा कृषकको आर्थिक सुरक्षामा टेवा पुग्ने र आत्मनिर्भर खेती प्रणालीलाई व्यवसायिकतामा रूपान्तरण गर्न सकिने धारणा राखेका थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया