Nepal Life

प्रिमियममा किनेको शेयर होल्ड गर्न नसक्दा ओभर सप्लाइ, घोराहीको १९ लाख कित्ता र आइएमईको ३२ लाख कित्ता बजारमा

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Sun 21:42
प्रिमियममा किनेको शेयर होल्ड गर्न नसक्दा ओभर सप्लाइ, घोराहीको १९ लाख कित्ता र आइएमईको ३२ लाख कित्ता बजारमा
Sanima Reliance

काठमाडौं । सर्वसाधारण लगानीकर्ताले मंहगो प्रिमियममा किनेको शेयर होल्ड गर्न नसक्दा छोटो समयमै बिक्री गरेका छन् । यसरी ओभर सप्लाइ हुँदा उक्त कम्पनीको शेयर मूल्य लगातार घटिरहेको छ । प्रिमियममा शेयर निष्काशन गरेर दोस्रो बजारमा कारोबार सुरु गरेका घोराही सिमेन्ट र आइएमई लाइफको मात्रै हालसम्म २ अर्ब ८८ करोडको कारोबार भइसकेको छ ।

NIMB

दोस्रो बजारमा घोराही सिमेन्टको हालसम्म १९ दिन कारोबार भएको छ । १९ कारोबार दिनमा १९ लाख ३२ हजार ६८९ कित्ता शेयर खरिद बिक्री भइसकेको छ । यस अवधिमा ८५ हजार ७५९ वटा कारोबार भएका छन् । यति धेरै कारोबार हुनुको एक मात्रै प्राथमिक बजारबाट शेयर खरिद गरेकाले बिक्री गरेकैले गर्दा हो ।

घोराही सिमेन्टको शेयर प्राथमिक बजारबाट ५ लाख ५७ हजारले शेयर प्राप्त गरेका थिए । कम्पनीले ३३५ रुपैयाँ प्रिमियम सहित प्रति कित्ता ४३५ रुपैयाँको दरले ६९ लाख ११ हजार कित्ता शेयर बिक्री गरिएको थियो । आइतबार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य ४६९ रुपैयाँमा झरेको छ ।  पहिलो कारोबार दिनमै अधिकतम ५८१ रुपैयाँ पुगे पनि सोहि दिनमा घटेर ५०९ रुपैयाँमा झरेको थियो । यसरी महंगोमा खरिद गरेको शेयरमा लगातार ओरालो झरे पछि सर्वसाधारणले आत्तीर बिक्री गर्दा यसको प्रत्यक्ष अप्रत्यक्ष असर दोस्रो बजारमा समेत पर्यो ।

त्यस्तै प्रिमियममा शेयर निष्काशन गरेर दोस्रो बजारमा कारोबार सुरु गरेको आइएमई लाइफको शेयरको हालत पनि उस्तै छ । कम्पनीको हालसम्म एक अर्ब ९१ करोड रुपैयाँको कारोबार भइसकेको छ । हालसम्म २४ दिन कारोबार भएको छ । यस अवधिमा ३२ लाख ६३ हजार कित्ता शेयर खरिद बिक्री हुँदा एक अर्ब ९१ करोडको कारोबार भएको छ ।

प्रिमियममा शेयर निष्काशन गर्न दिएको भन्दै लगानीकर्ताहरुले चर्को विरोध गर्दै आएका छन् । घोराही सिमेन्ट, सोनापुर मिनरल्स एण्ड आयल, आइएमई लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, माण्डु हाईड्रोपावरले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरिसकेका छन् । विगतका वर्षमा धितोपत्र बोर्डले जस्ता पायो त्यस्तै कम्पनीहरुलाई प्रिमियममा आइपिओ निष्काशन गर्न दिदैन थियो । तर यस पटक धितोपत्र बोर्डका अध्यक्ष रेमश हमाल ज्यादै कम्पनी मैत्री भए । जसले गर्दा आम सर्वसाधारण लगानीकर्ताबाट अर्बौ रुपैयाँ उठाउने काम भयो ।

घोराही सिमेन्ट
SN Date Total Transactions Total Traded Shares Total Traded Amount Close Price
1 9/10/2023 1,410 56,148 26,564,739.90 469.4
2 9/7/2023 1,247 46,343 21,959,417.50 473
3 9/5/2023 1,692 58,867 28,045,570.40 487
4 9/4/2023 1,669 41,103 19,428,238.90 477.9
5 9/3/2023 2,053 61,451 28,980,472.30 469.9
6 8/30/2023 1,643 42,325 20,336,919.60 479
7 8/29/2023 1,909 46,631 22,633,490.00 481
8 8/28/2023 1,988 51,776 25,198,784.80 485.1
9 8/27/2023 2,185 99,951 49,061,447.60 486.4
10 8/24/2023 3,306 137,002 69,458,731.80 508
11 8/23/2023 3,742 149,499 75,765,894.40 510
12 8/22/2023 3,050 75,667 36,891,104.60 499
13 8/21/2023 3,471 104,411 50,612,461.20 477.1
14 8/20/2023 3,599 74,722 37,213,924.00 492
15 8/17/2023 3,659 102,087 51,661,241.00 507
16 8/16/2023 3,435 97,602 49,044,946.60 501.2
17 8/15/2023 4,960 65,896 34,071,909.80 514
18 8/14/2023 11,628 174,521 89,804,095.50 524
19 8/13/2023 29,113 446,687 231,568,383.40 509
जम्मा  85,759 1,932,689 968,301,773.30  

कम्पनीहरुले प्रिमियममा शेयर निष्काशन गरेर प्राथमिक बजारबाट अर्बौ रुपैयाँ उठाउदा यसको प्रत्यक्ष असर दोस्रो बजारमा पर्छ । प्रिमियममा शेयर खरिद गर्नेले लाभांशका लागि भन्दा पनि दोस्रो बजारमा केहि नाफा हुने अनि बिक्री गर्ने उद्देश्य लिएका हुन्छन् । यदि प्रिमियममा निष्काशन भएको शेयर खरिद नगरेका खण्डमा भोलिका दिनमा नोक्सान होला भन्ने डर हुन्छ । यसले गर्दा पनि लगानीकर्ताले दोस्रो बजारमा कारोबार सुरु हुने वित्तीकै बिक्री गर्न थाल्छन् । लगानीकर्ताहरुले प्रिमियममा निष्काशन गर्दा बोर्डका अध्यक्ष हमालले ठुलो आर्थिक चलखेल गरेको भन्दै आरोप समेत लगाउने गरेका छन् । 

आइएमई लाइफ
SN Date Total Transactions Total Traded Shares Total Traded Amount Close Price
1 9/10/2023 2,444 72,788 39,331,365.60 538.8
2 9/7/2023 2,248 57,647 31,488,083.10 545.5
3 9/5/2023 2,576 50,793 28,241,754.20 556.4
4 9/4/2023 3,719 96,212 52,884,032.50 559
5 9/3/2023 3,705 69,096 37,641,946.10 541.3
6 8/30/2023 3,176 60,855 33,561,227.80 549.2
7 8/29/2023 3,450 58,882 32,475,795.10 550.9
8 8/28/2023 3,761 69,132 38,488,289.20 554.5
9 8/27/2023 4,782 97,116 54,517,226.70 558
10 8/24/2023 3,925 85,739 49,248,761.40 570.2
11 8/23/2023 4,477 94,254 54,642,813.70 579.1
12 8/22/2023 3,985 61,149 35,115,293.50 576
13 8/21/2023 3,842 101,241 58,377,288.50 577
14 8/20/2023 5,409 114,230 66,301,070.70 580
15 8/17/2023 6,037 133,203 77,941,378.10 583.1
16 8/16/2023 4,651 103,174 59,662,670.30 576.9
17 8/15/2023 6,297 98,939 57,775,243.80 581
18 8/14/2023 11,445 191,385 112,441,979.60 589.9
19 8/13/2023 13,970 182,198 106,195,208.60 580.8
20 8/10/2023 10,825 141,998 84,078,844.80 590
21 8/9/2023 19,750 266,818 155,026,202.20 597.3
22 8/8/2023 27,918 299,597 178,932,202.60 589
23 8/7/2023 43,209 701,803 436,259,348.00 616
24 8/6/2023 5,354 54,780 31,883,777.50 582.4
जम्मा  200,955 3,263,029 1,912,511,803.60  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया