Nepal Life

राष्ट्र बैंकसमेत बिचौलियाको प्रभावमा चल्न थालेको: नेता शेखर कोइरालाको आरोप

NMB Bank
  • BFIS News
  • 2025 Apr 08 16:25
राष्ट्र बैंकसमेत बिचौलियाको प्रभावमा चल्न थालेको: नेता शेखर कोइरालाको आरोप
United Ajod

काठमाडौं, चैत २५ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको अर्थतन्त्र सम्हाल्ने महत्वपूर्ण संस्था राष्ट्र बैंकसमेत अहिले बिचौलियाको चलखेलमा चल्न थालेको आरोप लगाएका छन्।

Shikhar
Nepal Life
NIMB

चितवन कांग्रेसले मंगलबार नारायणगढमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अलपत्र अवस्थामा रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे। "गभर्नरको नियुक्ति एक महिना अगाडि नै हुनुपर्ने थियो, तर अझैसम्म पनि प्रक्रिया टुंगिएको छैन। छनोट समिति त बन्यो, तर बैठक नै बसेको छैन," उनले भने, "राष्ट्र बैंकजस्तो संवेदनशील संस्थासमेत बिचौलियाको प्रभावबाट जोगिन सकेन।"

देश र विश्वकै अर्थतन्त्र ओरालो लागिरहेको सन्दर्भमा राष्ट्र बैंकको नेतृत्व सक्षम, निष्कलंक र अनुभवी व्यक्तिको हातमा हुनु जरुरी भएको उनको भनाइ थियो। तर हाल देखिएको राजनीतिक हस्तक्षेपले यो प्रक्रिया दिशाहीन बन्दै गएको उनले टिप्पणी गरे।

सरकारले आफ्नो काम राजनीतिक संयन्त्रबाट होइन, नीतिगत रूपमा अगाडि बढाउनु पर्नेमा उनले जोड दिए।

त्यस्तै, संविधान संशोधनका सम्बन्धमा पनि नेता कोइरालाले गम्भीर अभिव्यक्ति दिएका छन्। "संविधान संशोधन अहिलेको आवश्यकता हो, तर त्यो कांग्रेस र एमालेको सहमतिमा मात्रै होइन, संसद्का सबै दल, नागरिक समाज र कानुन विज्ञहरूको सल्लाहमा हुनुपर्छ," उनले स्पष्ट पारे। नेता कोइरालाले संस्थागत सुधार, पारदर्शिता र सुशासनको माग गर्दै सबै पक्षहरू गम्भीर बन्नुपर्ने आवश्यकतामाथि जोड दिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया