सामसङ नेपालले ल्यायो नयाँ वर्षको अफर: स्मार्ट टिभी र होम अप्लायन्समा विशेष छुट
- BFIS News
- 2025 Apr Tue 18:20

काठमाडौं । नेपालमा नयाँ वर्ष, वि.सं. २०८२ को आगमनसँगै, सामसङ नेपालले "नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार" अफर ल्याएको छ। यस अफरमार्फत, सामसङले आफ्नो नवीनतम स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ जस्ता अप्लाएन्सहरूसँग विशेष छुट, उपहार र सजिलो इएमआई सुविधा प्रदान गर्दै ग्राहकहरूलाई स्मार्ट र कनेक्टेड घरको अनुभव दिनेछ। यसले ग्राहकहरूको परिवारलाई अझै सहज र आधुनिक जीवनशैलीको अनुभव प्रदान गर्ने उद्देश्य राख्दछ।
स्मार्टथिङ्स कनेक्सनको माध्यमबाट, सामसङका वाई-फाई कनेक्टेड स्मार्ट उपकरणहरूलाई अब मोबाइलबाट सजिलै नियन्त्रण गर्न सकिन्छ। यसले ग्राहकको जीवनशैलीलाई अझ व्यवस्थित र स्मार्ट बनाउनेछ, जहाँ घरका सबै उपकरणहरू एक अर्कासँग जडानमा रहनेछन्।
अफरका विशेषताहरू:
स्मार्ट टिभीः
सामसङको १९ वर्षसम्म विश्वको नम्बर १ टिभी ब्रान्डको उपाधि राख्ने टिभी लाइन–अप समावेश गरिएको छ। चुनित ५५ इन्च वा सोभन्दा माथिका टिभीहरूको खरिदमा १२ महिनासम्म वल्र्डलिंक इन्टरनेट र नेटटिभी सेवा निःशुल्क पाइनेछ। साथै, पुराना उपकरण एक्सचेन्ज गरेर ५५ इन्च, ६५ इन्च वा ८५ इन्च युएचडी टिभीहरूको खरिद गर्दा रु. ८,००० सम्मको एक्सचेन्ज बोनस पनि उपलब्ध हुनेछ। यी सबै टिभीमा ३ वर्षको वारेन्टी पनि पाइनेछ।
विस्पोक एआई रेफ्रिजरेटर र वाशिङ मेसिन:
सामसङका नवीनतम बिस्पोक एआई रेफ्रिजरेटर र वाशिङ मेसिन पनि अफरमा समावेश छन्। ९ केजी बिस्पोक एआई फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा १ लिटर सर्फ एक्सेल लिक्विड र १२ केजी बिस्पोक एआई फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा ६ केजी सर्फ एक्सेल म्यातिक पनि निःशुल्क पाइनेछ। यसका साथै, यी उपकरणहरूमा २० वर्षको वारेन्टी पाइनेछ।
इएमआई र डाउनपेमेन्ट सुविधा:
सामसङको इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले ०% ब्याज दरमा १२ महिनासम्म इएमआई भुक्तानी गर्न सक्नेछन्। टिभीका लागि यो अवधि १८ महिना हुनेछ। साथै, निःशुल्क होम इन्स्टलेसन सेवा पनि उपलब्ध गराइनेछ।
पुराना उपकरणको एक्सचेन्ज:
पुराना सामसङ उपकरण एक्सचेन्ज गर्दा, ग्राहकहरूले रु. ८,००० सम्मको एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन्।
अफर उपलब्धता:
यो अफर सामसङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक रिसेलर त्रिवेणी व्यापार प्राइभेट लिमिटेडद्वारा नेपालभर उपलब्ध गराइनेछ। ग्राहकहरूले यी अफरहरूको फाइदा अनलाइनमार्फत पनि प्राप्त गर्न सक्नेछन्।
सामसङको बारेमा:
सामसङले सदा परिवर्तनकारी सोच र प्रविधिहरूसँग भविष्यलाई आकार दिन्छ र विश्वलाई प्रेरित गर्दछ। कम्पनीले टिभी, स्मार्टफोन, डिजिटल उपकरण, नेटवर्क प्रणाली र मेमोरी जस्ता उन्नत प्रविधिहरूसँग संसारलाई पुनः परिभाषित गर्दैछ। सामसङको बारेमा थप जानकारी र समाचारको लागि, ग्राहकहरूले सामसङका आधिकारिक समाचार कक्षको वेबसाइट भ्रमण गर्न सक्नेछन्।
प्रतिक्रिया