Nepal Life

काठमाडौं युनिर्भसिटी स्कुल अफ म्यानेजमेन्टले अनुसन्धानका लागि गर्यो आह्वान, २ लाख अनुदान दिने

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Mon 05:13
काठमाडौं युनिर्भसिटी स्कुल अफ म्यानेजमेन्टले अनुसन्धानका लागि गर्यो आह्वान, २ लाख अनुदान दिने
Sanima Reliance

काठमाडौं । काठमाडौं युनिर्भसिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) ले स्नातक, एमफिल, र पीएचडी तथा स्वतन्त्र अनुसन्धानकर्तालाई विभिन्न ६ विषयमा अनुसन्धानको लागि प्रस्ताव आवहन गरेको छ । कुसोमले आइतबार एक कार्यक्रम आयोजना ड्ब्लुटीओ चियर्स प्रोग्राम अन्र्तगत यही सेप्टेम्बर १५ सम्मको सयमसी तोकी अनुसन्धानको प्रस्ताव आवहन गरेको हो ।  

NIMB

कुसोमले प्रत्येक अनुसन्धानको लागि २ लाख अनुदान समेत प्रदान गर्ने र अनुसन्धानको प्रकृतिअनसार थप गर्न सकिने कुसोमका रजिस्टार प्राध्यापक डा. अच्युत वाग्लेले जानकारी दिए । कुसोमले गत वर्षसमेत ४ वटा अनुसन्धानको लागि अनुदान दिएको छ । कार्यक्रममा गत वर्ष अनुदान पाएका अनुसन्धानकर्ताले आÏनो अनुसन्धानको प्रस्तुत गरेका थिए ।

कुसोम विश्वभरका १७ अन्य विश्वविद्यालयहरूस“गै प्रतिस्पर्धात्मक प्रक्रियामा डब्ल्यूटीओ चेयर्स कार्यक्रमबाट सम्मानित भएको छ । यो अन्वेषकहरू र विद्यार्थीलाई र ड्ब्लुटीओ बहुपक्षीय व्यापार मामिलामा रुचि लिनको लागि प्रोत्साहन रहको कुसोमले जनाएको छ । यस्तै कुसोमले ‘एआईबी साउथ एशिया कन्फ्रेन्स २०२४’ आयोजना गर्ने भएको छ । दक्षिण एशियाली राष्ट्रहरु (बंगालदेश, भुटान, भारत, माल्दिस, नेपाल र श्रीलंका) को सहभागीता रहने यस कार्यक्रम आगामी वर्ष हुनेछ । 

कुसोमले यस कार्यक्रमको लागि सहभागीताको लागि एआईबीको साउथ एशियाको वेबसाइटमा रजिष्टर गर्नुपर्ने जनाएको छ । कार्यक्रममा एआईबीका सदस्यले मात्रै भाग लिन पाउनेछन् ।

अगस्ट १९९३ मा स्थापित कुसोम स्नातक कार्यक्रम सुरु गर्ने पहिलो विद्यालय समेत हो । कुसोमले सर्वप्रथम अन्तर्राष्ट्रिय स्तरमा डिजाइन सिद्धान्तमा आधारित मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन (एमबीए) कार्यक्रम प्रारम्भ गरेको थियो ।

रिर्सचको लागि लिंक

एआईबीको बारेमा थप जानकारी तथा सदस्यता लिनको लागि लिङ्क

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया