Nepal Life

शिखर इन्स्योरेन्सको आयोजनामा सर्भेयर सेमिनार सम्पन्न, उत्कृष्ट सर्भेयरलाई गरियो सम्मान

RBB
  • BFIS News
  • 2025 Apr Wed 11:18
शिखर इन्स्योरेन्सको आयोजनामा सर्भेयर सेमिनार सम्पन्न, उत्कृष्ट सर्भेयरलाई गरियो सम्मान
Shikhar detail

काठमाडौँ, चैत्र २७ गते । शिखर इन्स्योरेन्स कम्पनीले दाबी प्रक्रियालाई अझ सरल, छिटो र प्रभावकारी बनाउन सर्भेयरको महत्वपूर्ण भूमिका र योगदानलाई उजागर गर्नका लागि चौथो सर्भेयर सेमिनार कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा बीमा दाबी फछ्र्यौटमा सर्भेयरको भूमिका र सन्दर्भमा विभिन्न महत्त्वपूर्ण विषयमा छलफल गरिएको थियो।

NIMB

काठमाडौँको एक प्रमुख होटलमा भएको यस कार्यक्रमको उद्घाटन शिखर इन्स्योरेन्सका महाप्रवन्धक उदित प्रसाद काफ्ले र नेपाल इन्स्योरेन्स सर्भेयर महासचिव बिकास महर्जनले गरेका थिए। कार्यक्रममा पाँच वटा कार्यपत्र प्रस्तुत भएका थिए, जसमा २०८१ सालको बाढी दाबी, बिद्युतिय सवारी साधनको दाबी, तथा वातावरणीय जोखिमका सन्दर्भमा सर्भेयरको भूमिका विश्लेषण गरिएको थियो।

सर्भेयर सेमिनारमा नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसनका महासचिव बिकास महर्जन, बिद्युतिय सवारी साधन दाबीका सर्भेयर प्रेम लाल तामाङ, हिमालयन रिइन्स्योरेन्सका कार्यकारी निर्देशक सिसिर गैरे र नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्बराज लामिछाने लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए। यसले बीमा दाबी प्रक्रियामा सर्भेयरको निस्पक्ष र प्रभावकारी भूमिकाको महत्त्वलाई प्रस्ट पारेको छ।

कार्यक्रममा कुल ११० जना सर्भेयर, विभिन्न विशेषज्ञ, कम्पनीका कर्मचारी र अन्य सरोकारवालाहरूको १९० जनाको सहभागिता थियो। कार्यक्रम बिहान नौ बजे सुरु भएर बेलुका सम्म चलेको थियो।

समापन समारोहको सभापतित्व शिखर इन्स्योरेन्स कम्पनीका अध्यक्ष गौरव अग्रवालले गरेका थिए भने प्रमुख अतिथिको रुपमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा, विशिष्ट अतिथि प्रा. डा. फत्त बहादुर केसी (नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष) र नेपाल बीमक संघका अध्यक्ष बिरेन्द्र बैदावार क्षेत्रीले कार्यक्रमलाई समापन गरे।

समापन समारोहमा शिखर इन्स्योरेन्सले उत्कृष्ट सर्भेयरहरूको सम्मान पनि गरेको थियो। यस अवसरमा कम्पनीको आ.व. २०८०/०८१ का दौरान सर्भेयर कार्यमा उत्कृष्ट सेवा प्रदान गर्ने शेर बहादुर बुडा, लोचन केन्द्र देवकोटा, रविन शर्मा र अमिर खनाललाई सम्मानित गरिएको थियो।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले कार्यक्रममा सहभागी सर्भेयरहरूको क्षमता वृद्धिका लागि यस्ता कार्यक्रमहरूको महत्त्वपुर्ण भूमिका रहेने बताएका छन्। उनले सम्मानित सर्भेयरलाई बधाई दिँदै, यस्तो सम्मानले समय सीमा भित्र कार्य सम्पन्न गर्न प्रोत्साहन दिने विश्वास व्यक्त गरेका छन्।

यस कार्यक्रमले सर्भेयरहरूको पेशागत क्षमता र कार्यदक्षता वृद्धि गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको छ, जसले समग्र बीमा दाबी प्रक्रियालाई अझ सुधार गर्न मद्दत पुर्याउनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया