विश्वप्रसिद्ध वैज्ञानिक डा. हाइके बिएलेक र कोलिन पावर नेपाल आउँदै
- BFIS News
- 2025 Apr Wed 13:13

काठमाडौँ, चैत २७ गते । नेपाल विज्ञान र अनुसन्धानको नयाँ केन्द्रको रूपमा विश्वमञ्चमा परिचित हुँदै गइरहेको छ। यसै क्रममा, विश्वप्रसिद्ध वैज्ञानिक तथा लेखक डॉ. हाइके बिएलेक र कोलिन पावर आज बुधबार काठमाडौंको ALEV KEBAB SULTANATE, Tangalwood मा विशेष अन्तरक्रिया कार्यक्रमका लागि उपस्थित हुने भएका छन् ।
कार्यक्रमको समय साँझ ६ बजे रहेको छ, र यसमा नेपालका प्रमुख वैज्ञानिक र अनुसन्धानकर्ताहरू, जसमा प्रसिद्ध वैज्ञानिक Arif Ali पनि सामेल हुनेछन् ।
डॉ. हाइके बिएलेक, जसले बायोलोजीमा पीएचडी प्राप्त गरेकी छिन् । उनि यस्तो वैज्ञानिक हुन् जसले जटिल विषयहरूलाई सरल र समझदारीपूर्ण बनाउने नयाँ विधिहरू विकास गरेकी छन् । उनका अनुसन्धानले ज्यामिति, आणविक संरचना, र बहुआयामिक विज्ञानलाई बुझ्न र सिक्नको लागि एक नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ।
त्यसैगरी, कोलिन पावर एक प्रतिष्ठित गणितज्ञ हुन् जसले संख्यात्मक प्रणाली र ज्यामितीय संरचनामा महत्वपूर्ण योगदान दिएका छन्। उनका नयाँ संख्यात्मक सिद्धान्तहरूले गणित र विज्ञानको अध्ययनलाई नयाँ दिशा दिएका छन्। डॉ. बिएलेक र कोलिन पावरले मिलेर "In2Infinity" नामक संस्था स्थापना गरेका छन्, जसले Atomic Geometry, Fractal Chemistry, र Dimensional Science जस्ता अग्रणी अवधारणाहरू विकास गरेको छ।
यो जोडी "Hello Geometry" र "The Geometric Universe: Beyond Space and Time" जस्ता चर्चित पुस्तकका लेखक हुन्, जसले विज्ञान, कला र चेतनासँग जोडिएका नयाँ र गहिरा दृष्टिकोणहरू प्रस्तुत गरेका छन्। यी पुस्तकहरू विश्वभरि पढ्नका लागि अत्यधिक रुचाइएका छन् र नयाँ सोचका लागि प्रेरणास्त्रोत बनेका छन्।
नेपाललाई अब वैज्ञानिक अनुसन्धान र नव विचारको एक प्रमुख केन्द्रको रूपमा स्थापित गर्ने यो ऐतिहासिक अवसरलाई कुनै पनि विज्ञानप्रेमीले छुटाउन नहुने आयोजकले उल्लेख गरेका छन् । यस कार्यक्रमले नेपाली वैज्ञानिक र अनुसन्धानकर्ताहरूसँग अन्तरक्रिया गर्दै नयाँ विचार र दृष्टिकोणहरूको आदानप्रदान गर्ने अवसर प्रदान गर्नेछ।
प्रतिक्रिया